भैरहवामा प्रदेशस्तरीय यु–१६ क्रिकेटः बर्दिया र नवलपरासी विजयी
बुटवल । रुपन्देहीको भैरहवामा जारी बलियो नेपाल टी–२० अन्डर–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा बर्दिया र नवलपरासी विजयी भएका छन् । आज भएको खेलमा बर्दियाले प्युठानलाई १० विकेट र नवलपरासीले बाँकेलाई ५ विकेटले पराजित गरेका हुन् । प्युठानको यो लगातार दोस्रो हार हो ।
सिद्धार्थ रंगशालामा टस जितेर व्याटिङ गरेको प्युठानले ५ विकेटको क्षतिमा १०४ रनको योगफल बनायो । उसका लागि सुजन पुन मगरले २७ र सविन केसीले १५ रन बनाए । बलिङमा बर्दियाका रोहित सुनारले २, नितेशकुमार यादव, हेमन्त आचार्य र राजीव साहुले समान १÷१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको बर्दियाले १२ ओभर १ बलमा विना क्षति १०५ रन बनाउँदै सहजै जित निकाल्यो । उसको जितमा नितेश कुमार यादवले ४६ बलमा ७ चौकाको मद्दतमा ५० रन बनाए । यस्तै, साहिल शेखले ३५ रन जोडे । नितेश कुमार यादव म्यान अफ द म्याच भए ।
दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको बाँकेले १९ ओभर २ बलमा सबै विकेट गुमाएर १०४ रन बनायो । उसका लागि प्रवीण कुमालले २६ र पियुष प्रजापतिले २३ रन बनाए । बलिङमा नवलपरासीका रमेश पाण्डेले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । यस्तै, नूर आलम अन्सारीले ३, विजयकुमार लोहार, गया सहानी र हिल्सन पाण्डे क्षेत्रीले समान १÷१ विकेट लिए ।
प्रतिउत्तरमा नवलपरासीले १६ ओभर १ बलमा ५ विकेट क्षतिमा १०५ रन बनाउँदै जित निकाल्यो । उसका लागि हिल्सन पाण्डे क्षेत्रीले ३५ र अभिषेक पटवाले १७ रन बनाए । बलिङमा बाँकेका धनबहादुर थापा र मग्बुल राईले समान २÷२ विकेट लिए । हिल्सन पाण्डे क्षेत्री म्यान अफ द म्याच भए । प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ टिम सहभागिता रहेको आयोजकले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीको नयाँ प्रशिक्षक बन्ने होडमा जाभी र जिदानदेखि थियरी हेनरीसम्म
-
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु
-
सहकारी अनुसन्धानका लागि ‘आर्थिक अनुसन्धान ब्यूरो’ आवश्यक
-
अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
-
ओझेलमा राजापानी सिद्धेश्वर महादेव
-
पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना