भोलि पनि ‘विजनेश विहीन’ प्रतिनिधिसभा बैठक: प्रतिवेदन मात्रै पेस गर्ने ३ कार्यसूची

काठमाडौं । सोमबार बस्ने प्रतिनिधिसभा बैठकका लागि सम्भावित ३ कार्यसूची तय गरिएको छ । संघीय संसद सचिवालयले आइतबार प्रकाशन गरेको सम्भावित कार्यसूचीमा संसदीय समिति तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक कार्यसूची पेश गर्ने सम्भावित कार्यक्रम तय गरिएको छ ।
प्रधानमन्त्रीका केपी शर्मा ओलीका तर्फबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७६–२०७७ को वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । यस्तै सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन २०७७ पेश गर्ने, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७७ पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसदका महासचिव डा.भरतराज गौतमले जनाएका छन् ।
प्रतिनिधिसभा बैठकमा सांसदहरुलाई बोल्नका लागि कार्यसूचीमा उल्लेख नगरिएको विशेष समय र शून्य समयको व्यवस्था हुन सक्ने संघीय संसदका प्रवक्ता डा.रोजनाथ पाण्डेले रातोपाटीलाई जानकारी दिए । मन्त्री छलफलमा सहभागी नभएसम्म विधेयक अघि बढ्दैन । विधेयक अघि बढाउने काम सरकारको भएपनि सरकारले यसमा चासो दिएको छैन । संसदको पूर्ण बैठक तथा संसदीय समितिमा विधेयकमाथि छलफलका लागि मन्त्री सहभागी हुनुपर्छ ।
संसदमा मन्त्रीले विधेयक पेश गरेपछि मात्रै छलफल प्रक्रिया अघि बढ्ने गर्छ । विधेयक अघि बढाउन मन्त्रीले संघीय संसद सचिवालय तथा कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रस्ताव राखेपछि कार्यसूचीमा समावेश गर्ने र सदनमा प्रवेश दिइने व्यवस्था छ । तर प्रतिनिधिसभा पुनःस्थापना भएपछि गत फागुन २३ गतेदेखि बैठक बस्न सुरु गरेपनि सरकारले काम नदिँदा शोक प्रस्ताव, संवैधानिक निकाय, संसदीय समितिका वार्षिक प्रतिवेदन पेश गर्दै बैठक सकिने गरेको छ ।
संघीय संसद सचिवालयका अनुसार यतिबेला ३६ विधेयक विभिन्न प्रक्रियामा रहेका छन् । केही विधेयकहरु संसदीय समितिबाट पास भएर प्रतिनिधिसभाको बैठकमा पेश गर्नका लागि तयारी अवस्थामा रहेपछि सरकारले चासो नदिँदा अलपत्र परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक