मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

गर्जियस लुक्समा नेहा कक्कड

आइतबार, २२ चैत २०७७, १८ : ०३
आइतबार, २२ चैत २०७७

मुम्बई । बलिउड गायिका नेहा कक्कड आफ्नो गायनको अलवा लुक्सको कारणले पनि हमेसा चर्चामा छाउने गर्छिन् । सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने उनी फ्यानका साथ तस्बिर तथा भिडियो शेयर गरिरहन्छिन् ।
हालै नेहाले केही नयाँ तस्बिर शेयर गरेकी छन् । जुन निकै रुचाइएको छ । तस्बिरमा नेहा स्टेज फरफर्म गर्दै गरेको देखिएकी छन् । सो क्रममा उनले कालो गाउन लगाएकी छन् । मिनिमल मेकअप र ओपन हेयर्समा उनको लुक्स कम्पलिट देख्न सकिन्छ ।

गायिका यो लुक्समा गर्जियस देखिएकी छन् । नेहाको यो तस्बिरलाई फ्यानले माया वर्षाएर तारिफ समेत गरिरहेका छन् ।  कामको कुरो गर्ने हो भने नेहा अहिले ‘इन्डियन आइडल १२’ मा जर्जको भूमिका निर्वाह गरिरहेकी छन् । हालै उनको गीत ‘मरजानिया’ रिलिज भएको छ । जसमा बिग बास १४ विजेता रुबिना दिलाइक र उनका पति अभिनव शुक्ला देखिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप