बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

शिक्षा र स्वास्थ्य राज्यको स्वामित्व राख्ने विषय काँग्रेसको मुख्य एजेन्डा बन्नुपर्छः  नैनसिंह महर

आइतबार, २२ चैत २०७७, १७ : ४४
आइतबार, २२ चैत २०७७

काठमाडौं । नेपाली काँग्रेसमा युवा नेता नैनसिंह महरले शिक्षा र स्वास्थ्य सरकारको स्वामित्वमा राख्ने विषय काँग्रेसको एजेन्डा बन्नु पर्ने बताएका छन् । काठमाडौंमा भएको शिक्षक संघको कार्यक्रममा नेविसंघ पूर्व अध्यक्षसमेत रहेका नेता महरले शिक्षा र स्वास्थ्य जस्तो जनसरोकारको ठूलो विषय सरकारको स्वामित्वमा पर्न नसक्नु दुःखद्  भएको बताए।

‘नेपाली काँग्रेसको प्रजातान्त्रिक समाजवादको अवधारणा कार्यान्वयन गर्न पनि शिक्षा र स्वास्थ्य जस्तो गम्भीर विषय राज्यकै मातहतमा हर्नुपर्छ,’ महरले भने, ‘यसो भएमात्रै दुई खाले नागरिक उत्पादन हुने समस्या निराकण हुन्छ। नत्र सधै यो समस्या यस्तै विकराल रहन्छ।’

अहिले गरिब जनताको पहुँचमा शिक्षा र स्वास्थ्य आकाशको फल जस्तै भएको र सबैका लागि स्तरीय शिक्षा उपलब्ध नहुँदा दुई खाले नागरिक उत्पादन भइरहेको उनको तर्क छ। शिक्षा र स्वास्थ्य जनताको सहज पहुँचमा पुग्न नसकेकै कारण खराव मनोवृत्ति मौलाएको नेता महरको टिप्पणी छ।

‘अहिले पनि शिक्षकका दुःख उस्तै छन् । मासिक तलवले परिवार धान्न सक्ने अवस्था छैन । शिक्षकलाई सामान्य आधारभूत आवश्यकता पूर्ति गर्न पनि धौंधौं हुने गरेको छ’ महले भने,  ‘मनमा परिवार कसरी धान्ने भन्ने चिन्ता भएपछि शिक्षकले कसरी राम्रो शिक्षा दिनसक्छ ?’

उनले राज्यले शिक्षकका आधारभूत आवश्यकता पुरा हुनेगरि सेवासुविधा थप्नुपर्ने बताए। राज्यले आवश्यकता पुरा गरे शिक्षकले पनि गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने उनको तर्क छ।

महरले वर्तमान सरकार शिक्षा क्षेत्र तहसनहस गर्न लागि परेको आरोप लगाए । ‘तीन वर्षमा सरकारले शिक्षा क्षेत्रमा माफियाहरूको हालीमुहाली गरायो। पार्टीको घोषणापत्रमा २० प्रतिशत बजेट छुट्याउने भनेकोमा ११ प्रतिशत मात्रै छुट्यायो। उच्चस्तरीय शिक्षा आयोगको रिपोर्ट प्रधानमन्त्री ले लुकाएर राखेको र विद्यार्थीको पढाईकाबारेमा सरकार ले ठोस योजना ल्याउन नसकेका कारण बाट  सरकारको उदासिनता प्रष्ट हुन्छ’ उनले भने।

सरकारको उदासीनताकै कारण कोरोना महामारीमा जनता पिल्सिएको उनको आरोप छ।

कार्यक्रममा नेपाल शिक्षक संघको संघीय शिक्षक प्रतिनिधि सभाको बन्द सत्रमा ७७ जिल्लाका करिब ७ सय बढी प्रतिनिधि र नेपाली काँग्रेसका सबै जसो पदाधिकारी, केन्द्रीय सदस्यसमेत उपस्थित थिए ।

महरले उक्त कार्यक्रममा नेकपा सरकारको तीन वर्षे कार्यकालबारे लेखिएको आफ्नो पुस्तक ‘महाकाण्ड’ हस्तान्तरण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप