बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकमा कार्यरत महिला अधिृकत पक्राउ

आइतबार, २२ चैत २०७७, १७ : १९
आइतबार, २२ चैत २०७७

काठमाडौं । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कार्यरत महिला अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले अधिकृत सुष्मा रिजाल रेग्मीलाई पक्राउ गरेको हो । 

ज्येष्ठ नागरिकसम्बन्धी कसुरमा सुष्मालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।  ज्येष्ठ नागरिकको सम्पती संरक्षकले हिनामिना गर्न नपाउने कानुनी व्यवस्था छ । तर, रेग्मीले ८५ वर्षीय आमाको सम्पती हिनामिना गरेको आरोप छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप