शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेप्से इतिहासकै उच्च विन्दुमा, कारोबार ९ अर्ब नाघ्यो

आइतबार, २२ चैत २०७७, १६ : ५८
आइतबार, २२ चैत २०७७

काठमाडौं । आइतबार सेयर बजार इतिहासकै उच्च विन्दुमा पुगेको छ । २५४० विन्दुको आफ्नै रेकर्ड ब्रेक गर्दै सेयर बजारले इतिहास कायम गरेको हो । बजार २६५७.६१ अंकमा पुगेर आइतबारको  कारोबार बन्द भएको छ । यस दिन ९ अर्ब ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ  ।

७ कम्पनीको मूल्य वृद्धि भएर सकारात्मक सर्किट लागेको छ ।  कारोबार रकममा ४६ करोड ८१ लाख रुपैयाँभन्दा बढी कारोबार भएको  निफ्रा अग्रस्थानमा  छ । दोस्रोमा अपर तामाकोशी र तेस्रोमा नेपाल पुनर्बिमा कम्पनी रहेका छन । १३ समूहमध्ये ८ समूहको सूचक वृद्धि भएको छ । निर्जीवन बिमा समूहमा सबैभन्दा बढी बृद्धि देखिन्छ ।  फाइनान्स, अन्य तथा वाणिज्य बैंक समूह पनि वृद्धि छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप