कर्णालीमा माधव नेपाल समूहले पनि छाड्यो मुख्यमन्त्री शाहीको साथ
सुर्खेत । नेकपा एमालेबाट कर्णाली सरकारमा रहेका तीन जना मन्त्रीले राजीनामा दिने भएका छन् । यसअघि एमालेको माधव नेपाल समूहले मुख्य मन्त्री शाही नेतृत्वको सरकारलाई साथ दिँदै आएकोमा हाल आएर सो समूहले पनि साथ छाडेको हो ।
यससँगै आज बसेको एमाले संसदीय दलको बैठकले सरकारमा सहभागी बनेका तीन जना मन्त्रीलाई सोमबारसम्म राजीनामा गराउने निर्णय गरेको छ ।
एमालेले तीन जना मन्त्रीहरूलाई २४ घण्टामा राजीनामा दिन र नयाँ सरकार गठनको प्रक्रियामा सहज वातावरण बनाउने निर्देशन दिएको छ ।
सोही अनुसार तीनै जना मन्त्रीले राजीनामा दिने प्रतिवद्धता जनाएको बताइएको छ।
सांसद सुशिल थापाका अनुसार मन्त्रीहरुले भोलि बेलुका सम्ममा राजीनामा दिइसक्ने गरी निर्णय भएको रातोपाटीलाई जानकारी दिए ।
एमालेबाट सरकारमा सामाजिक विकास मन्त्री दल रावल, अर्थमन्त्रीमा प्रकाश ज्वाला, उद्योग पर्यटन तथा वातावरण मन्त्रीमा नन्दसिंह बुढा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभा उपस्थित भएर जवाफ दिन मन्त्रीहरूलाई अध्यक्ष दाहालको निर्देशन
-
इलाम– २ मा रास्वपाबाट उम्मेदवार बनेका लिम्बुलाई गर्यो माओवादीको पत्रकार सङ्गठनले कारबाही
-
राष्ट्रियसभामा तहगत अन्तरसम्बन्ध र समन्वय अध्ययन प्रतिवेदन पेस
-
एफटीएक्स घोटालामा बैंकम्यान–फ्राइडलाई २५ वर्षको जेल सजाय
-
उद्योगी व्यवसायीहरूले अर्थतन्त्र सकारात्मक छ भन्ने सन्देश दिन जरुरी छ : अध्यक्ष ढकाल
-
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण