शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरमा १७ वर्षिया किशोरीमाथि सामुहिक बलात्कार, दुईजना पक्राउ

आइतबार, २२ चैत २०७७, १४ : ५४
आइतबार, २२ चैत २०७७

ललितपुर महानगरपालिका–१५ स्थित खुमलटारमा रहेको एक गेष्ट हाउसमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । खुमलटारमा रहेको गेष्टहाउसमा दुईजना मिलेर सामुहिक बलात्कार गरेका हुन् ।

बलात्कार गरेको आरोपमा जुम्ला घर भएका १९ वर्षीय धीरेन्द्र रोकाया र कैलालीका २६ वर्षीय सीताराम चौधरीलाई पक्राउ गरिएको ललितपुरकी एसएसपी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।

परिचित किशोरीलाई उनीहरुले शुक्रवार साँझ गेष्ट हाउसमा बोलाएर बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न आरोपी सो गेष्ट हाउसका कामदार हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप