चीनमा सडक दुर्घटना, ११ जनाको मृत्यु
आइतबार, २२ चैत २०७७, १४ : ५२
बेइजिङ । चीनको पूर्वी क्षेत्रमा यात्रुबाहक बस र ठक्कर एकआपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ । आइतबार बिहान चीनको जियाङ्सु प्रान्तमा भएको उक्त दुर्घटनामा अरु १९ जना घाइते भएका छन् । उक्त दुर्घटना शेनयाङ–हाइकाओ राजमार्गमा भएको प्रहरीले जनाएको छ । तिब्र गतिमा रहेको ट्रक अनियन्त्रित भई सडकको बीचको बार भत्काएर अर्कोतर्फबाट आइरहेको बसमा ठोक्किएको थियो ।
घाइतेहरूलाई नजिकका अस्पतालहरुमा भर्ना गरिएको छ । प्रारम्भिक अनुसन्धानमा यात्रुवाहक बस शाङ्घाईबाट गुयानयुन काउन्टीतर्फ गइरहेको थियो । चीनमा यतिखेर मानिसहरु छुट्टी मनाउन घरगाउँतर्फ जाने गरेका छन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ
-
ग्रिन हाइड्रोजन उत्पादनका लागि केयूले ऊर्जा डेभलपर्ससँग साझेदारी गर्ने