आइतबार, २० माघ २०८१
ताजा लोकप्रिय

भारतको छत्तीसगढमा नक्सलवादीको आक्रमण, २२ सुरक्षाकर्मीको मृत्यु

आइतबार, २२ चैत २०७७, १४ : ४३
आइतबार, २२ चैत २०७७

छत्तीसगढ । भारतको नक्सल प्रभावित राज्य छत्तीसगढमा नक्सलवादीसँग मुठभेडमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ । बीजापुर र सुकमा जिल्लाको सीमामा शनिबार भएको मुठभेडमा मृत्यु हुने सुरक्षाकर्मीको संख्या २२ पुगेको आइतबार भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शनिबार घटनास्थलबाट पाँच सुरक्षाकर्मीको शव फेला परेको थियो भने आइतबार १७ जनाको शव फेला परेको हो । घटनास्थल आसपासका क्षेत्रबाट ती शव बरामद भएको बताइएको छ ।

भिडन्तमा कम्तीमा ३० सुरक्षाकर्मी घाइते भएको बताइएको छ । ‘एएनआई’ समाचार एजेन्सीका अनुसार बीजापुरका एसपी कामालोचन कश्यपले नक्सलवादीविरुद्धको कारवाहीमा २२ सुरक्षाकर्मीको मृत्यु भएको पुष्टि गरेका छन् । समाचार एजेन्सीहरूका अनुसार शनिबार दिउँसो जोनागुडा गाउँ नजिकै लक्सलवादीका लडाकु कार्यकर्तासँग सुरक्षाकर्मीको भिडन्त भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप