शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपा माओवादी केन्द्रका दुई सांसदलाई कारवाही गरेको पत्र प्रदेशसभामा

आइतबार, २२ चैत २०७७, १४ : ३४
आइतबार, २२ चैत २०७७

नेकपा माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका लुम्बिनी प्रदेशका सांसदद्वय दधिराम न्यौपाने (रुपन्देही) र दिनेश पन्थी(गुल्मी) लाई माओवादीले कारवाही गरेको जानकारी लुम्बिनी प्रदेश सभालाई गराइएको छ । एमालेमा प्रवेश गरेर ओली समूहको केन्द्रीय सदस्य बनेका न्यौपाने र पन्थीलाई पार्टीले  कारवाही गरेको  पत्र आएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले रातोपाटीलाई बताए ।

उनले प्रदेशसभाको नियमावली १९० अनुसार  पत्र आएको बताए । अब नियमावली १९१ अनुसार सभामुखले प्रदेशसभालाई जानकारी गराउने बताए । ‘सभामुखज्यूले पत्रमा तोक पनि लगाउनु भयो । अब कारवाही गरेपछि वहाँहरुको सांसद पद खारेज हुनेछ ।’

माओवादी छाडेर एमालेमा प्रवेश गरेपछि न्यौपाने र पन्थीलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर, एक हप्ता बितिसक्दा पनि उनीहरुले स्पष्टीकरणको जवाफ दिएका  नदिएपछि पार्टीले कारवाहीको लागि पत्र पठाएको माओवादीका संसदीय दलका नेता बसन्त घर्तीले बताए ।

लुम्बिनी प्रदेशमा कुल ८७ सांसद छन् । माओवादीको २० सांसद छन् । तीमध्ये माओवादीका एकजना सभामुख भएकाले भोटिङ गर्न १९ जनाले मात्रै पाउँछन् । तीमध्ये दुईजना एमालेमा प्रवेश गरिसकेका छन् । प्रदेशसभामा नेपाली काँग्रेसका १९ सांसद छन् ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप