बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

२ अर्ब ठगेको आरोपमा ललितपुरको गुडविल सहकारीका अध्यक्ष पक्राउ

आइतबार, २२ चैत २०७७, २३ : २३
आइतबार, २२ चैत २०७७

काठमाडौं । ललितपुरमा रहेको गुडविल बचत तथा ऋण सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले उनलाई चितवनबाट पक्राउ गरेर ल्याएको ललितपुरकी एसएसपी किरण बज्रचार्यले रातोपाटीलाई बताइन् । ​

गुडविल सहकारीको करिब ७० करोड र विभिन्न व्यक्तिबाट उनले करिब २ अर्ब ठगी गरेको आरोपमा प्रहरीले केही समय अघिदेखि उनीमाथि अनुसन्धान गरिरहेको थियो ।  आफु अध्यक्ष रहेको सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि उनी फरार भएका थिए । ठगी मुद्दामा उनलाई म्याद थपका गर्न ललितपुर जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप