बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हात्तीवनमा रामचन्द्र पौडेल र महन्थ ठाकुरबीच गर्मागर्मी !

आइतबार, २२ चैत २०७७, २३ : २४
आइतबार, २२ चैत २०७७

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जनता समाजवादी पार्टीमा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । आइतबार बिहान नेता पौडेल अध्यक्ष ठाकुरको निवास हात्तीवनमा पुगेका थिए । उनीहरुबीच करिब एक घण्टा छलफल भएको थियो ।

शुक्रबार काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र सरकार निर्माणका लागि अग्रसरता लिने निर्णय लिएपछि पौडेलले आज ठाकुरसँग छलफल गरेका हुन् । ओली सरकार विस्थापनका लागि काँग्रेस, माओवादी केन्द्र र जसपाबीच गठबन्धन जरुरी छ ।

प्रधानमन्त्री ओलीसँग संवादमा रहेका ठाकुरलाई आफ्नाे मोर्चामा सामेल गराउने उद्देश्यले पौडेल हात्तीवनमा पुगेको बुझिएको छ । शनिबार पौडेलले प्रधानमन्त्रीबाट ओलीले राजीनामा नदिए संसदमा अविश्वासको प्रस्ताव लगेर​हटाउने बताएका थिए । तर भेटमा ठाकुरले काँग्रेसको निर्णयप्रति असन्तुष्टि जनाएको स्रोतले रातोपाटीलाई जानकारी दियो ।

‘गठबन्धनको सरकार बनाउने भन्ने अनि आफ्नै नेतृत्वमा सरकार बन्नुपर्छ भनेर निर्णय दिने ? गठबन्धनको सरकारका लागि तीन दलसँग बसेर निर्णय लिनुनपर्ने होइन र ?,’ पौडेललाई ठाकुरको प्रश्न थियो । काँग्रेसको निर्णयले प्रधानमन्त्री ओलीलाई नै फाइदा हुने उनको भनाइ थियो ।

स्रोतका अनुसार पौडेलले काँग्रेसले प्रधानमन्त्रीका लागि कसैको नाम अगाडि नसारिएकोले छलफल गर्ने सकिने बताएका थिए । उनले काँग्रेसबाट पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा विकल्पमा अर्को उम्मेदवार अगाडि सार्नसक्ने संकेत देखाएका थिए । यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठाकुरलाई भेट्ने प्रयास गरिरहेका छन् । तर ठाकुरको व्यस्तताका कारण प्रचण्ड र उनी बीचको छलफल  तय हुन सकेको छैन । 

यो पनि...


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप