शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२४० वर्ष पुरानो कलात्मक इँटा फेला

आइतबार, २२ चैत २०७७, ११ : १४
आइतबार, २२ चैत २०७७

पुरातत्व विभाग काठमाडौँले प्रदेश नं २ को प्रसिद्ध तथा ऐतिहासिकस्थल सिम्रौनगढस्थित रामजानकी मन्दिर जीणोद्वार गर्दा करीब २४० वर्ष पुरानो कलात्मक इँटा फेला परेको छ ।

सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जस्थित सो मन्दिरको जीणोद्वार गर्ने क्रममा उक्त कलात्मक इँटा फेला परेको हो । सो इँटा विसं १८३५ र १९३५ को हुनसक्ने बताइएको छ । फेला परेको उक्त इँटामा विसं उल्लेख गरिएको नगरपालिकाका सदस्य परमानन्द मुखियाले राससलाई जानकारी दिए ।

उक्त इँटा फेला परेपछि त्यहाँ विसं १९३५ भन्दा पहिले देखिनै मन्दिर रहेको अनुमान गरिएको छ । सो ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलको रुपमा रहेको सिम्रौनगढका उचित संरक्षण हुनसकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप