सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखामा बोलेरो जिप दुर्घटना, २ जनाको मृत्यु, ७ जना घाइते

शनिबार, २१ चैत २०७७, २३ : ०५
शनिबार, २१ चैत २०७७

काठमाडौं । गोरखामा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शनिबार साँझ ७ बजे लमजुङको दूधपोखरी गाउँपालिकास्थित वागेश्वरी माविका बिचौरका शिक्षकहरु सवार बोलेरो जिप गोरखाको बारपाक सुलिकोट गाउँपालिका २ मा दुर्घटना हुँदा रामेश्वर न्यौपाने र ठाकुर दवाडीको मृत्यु भएको हो ।

जिपमा सवार ९ जनामध्ये  ७ जना घाइते भएको र गम्भिर घाइते २ जनालाई उपचारका लागि चितवनको भरतपुर अस्पताल पठाइएको गोरखाका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए । बोलेर चालकसहित २ जना सामान्य घाइते भएको उनले बताए । दुर्घटनामा घाइते हुनेहरुमा अनिल मरहठ्ठा, विष्णु दवाडी, अमृत दवाडी, सुशिल नराल, विष्णु न्यौपाने, चालक सन्तोष तामाङ र  सहचालक अमृत दवाडी रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप