शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अब छिट्टै नयाँ सरकार गठन हुन्छ : मीन विश्वकर्मा

शनिबार, २१ चैत २०७७, २१ : १७
शनिबार, २१ चैत २०७७

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले नयाँ सरकार बन्ने बताएका छन् । उनले केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन गर्न एमाले बाहेक सबै दल र स्वतन्त्र सांसदहरुको सहमतिमा नयाँ सरकार बन्ने स्पष्ट पारेका हुन् ।

उनले भने, ‘नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा नेपालबीच बृहत् परामर्श भैरहेको छ, अब छिट्टै नयाँ सरकार गठन हुन्छ ।’ शनिबार काठमाडौंको एक कार्यक्रममा विश्वकर्माले जनताले ओली सरकारको विकल्प खोजिरहेको बताए ।

‘जनताले केपी ओली नेतृत्वको सरकारको विकल्प खोजिरहेका छन् । यो सरकारले गरेको ज्यादती अति भयो,’ उनले भने, ‘यसले संविधान मिच्यो, यसले कानून मिच्यो, यसले जनजीविकाको विषयलाई पटक्कै हेरेन, उखान टुक्का र छलछाममा मात्रै यो सरकार व्यस्त भयो ।’

उनले ओली नेतृत्वको सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । माओवादी केन्द्रले पनि काँग्रेसको नेतृत्वसँग पटक पटक परामर्श गरिसकेपछि काँग्रेसले पनि वैकल्पिक सरकार गठन गर्ने बाटो केन्द्रीय समिति बैठकबाट खोलेको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप