आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

‘के केपी ओली, बिद्या भण्डारी कम्युनिष्ट आचारण पालना गर्छन् ?’

शनिबार, २१ चैत २०७७, २० : १७
शनिबार, २१ चैत २०७७

लेखक तथा सुरक्षा मामिला विज्ञ इन्द्र अधिकारीले वैज्ञानिक समाजवाद असाध्यै कठिन, असाध्यै नैतिक  र राम्रो विचारधारा भएपनि यसको लागू गर्न कठिन रहेको बताएकी छिन् । 

शनिवार काठमाडौंमा नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनले गरेको राजनीतिक समस्याको समाधान ः संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै अधिकारीले जति सजिलो ढंगले वैज्ञानिक समाजवादको बारेमा कुरा गर्न सकिन्छ त्यसरी लागू गर्न सकिन्छ भन्दै प्रश्न गरिन् । 

उनले प्लेटोले शासकहरु विद्धान हुनुपर्ने र परिवारको घेराबाट बाहिर भएमात्र जनताको सेवक हुन सक्ने बताउँदै अहिले परिवारबाट बाहिर निस्कन सक्ने राजनीतिक संस्कार नेताहरुमा नभएको उल्लेख गरिन् । उनले प्रजातन्त्र, बहुदल, गणतन्त्रमा हामीले जस्ता नेता चुन्यौँ त्यसमा हाम्रो आफ्नै गल्ति छ कि छैन भन्दै मुख्य कुरा नेता र जनतामा हुने संस्कार रहेको टिप्पणी गरिन् । 

उनले भनिन्–‘संविधान जारी भएपछि धेरै परिवर्तन त भयो । राजा सामन्तको प्रतीक थिए, उनको स्थानमा जनताका छोराछोरीलाई पु¥याइयो । तर अहिले विद्या भण्डारी, केपी ओली कम्युनिष्ट आचरणलाई कत्तिको पछ्याउँछन् ? हामीले उनीहरुलाई कम्युनिष्ट भनेर भोट हालेको तर अहिले कम्युनिष्ट आचरण छ त ?’

उनले शासन प्रणाली अपनाउँदा मानवीय व्यवहारको पनि अध्ययन गर्नुपर्ने बताइन् । वैज्ञानिक समाजवाद भनेर पश्चिमा देशहरुले पनि भन्ने गरेको तर उनीहरुले समाजिक सुरक्षालाई व्यवस्थित गरेको उल्लेख गरिन् । उनले भनिन्–‘पश्चिमा देशहरु बुर्जुवा हुन् तर उनीहरुको राज्यमा जनताले धेरै सुविधा र सुरक्षा पाएका छन् । राज्यले नागरिकको सुरक्षाको ग्यारेन्टी गरेको छ ।’

उनले समाजवादको अभ्यास गरिरहेका देशहरु चीन र रसियाको उदाहरुण दिँदै हामीले कस्तो मोडेलको समाजवाद खोजेको भन्दै प्रश्न गरिन् । उनले भनिन्–‘चीनमा शि चिनफिङको विकल्प देख्नुभएको छ ? रसियामा पुटिनको विकल्प को देख्नुभएको छ ? पुँजीवादी मुलुक र समाजवादी मुलुक मध्ये कुन देशमा मानिस जान चाहन्छन् सर्वे गरौँ । रसिया जना कति तयार छन्, अमेरिका जान कति तयार छन् ? हामीले आदर्शवादी कुरा मात्र गरिरहेका छौँ कि मानवीय स्वभाव विचार गरेर पनि कुरा गरिरहेका छौँ ।’

उनले राज्यको, शासकको ‘थ्रेट’ बुद्धिजीवी बर्ग नै हुने भएकोले प्रधानमन्त्री ओलीको आलोचनाको निशानामा परेको उल्लेख गरिन् ।

अरुलाई पेलेर ठेगान लगाएपनि बुद्धिजीवीलाई ठेगान नसक्ने भएका कारण निशानामा पार्ने गरिएको उनको भनाई छ । डा. अधिकारीले विभिन्न पार्टीमा रहेका बुद्धिजीवीले आफ्नो स्वार्थसिद्धि हुनेगरी बिचार ब्यक्त गर्ने गरेको भन्दै बुद्धिजीवी जुनसुकै पार्टीको भएपनि उसले साँचो बोल्न सक्नुपर्ने उल्लेख गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप