आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

चुनाव सफल बनाउन महासंघले खटायो सबै प्रदेशमा केन्द्रीय प्रतिनिधि

शनिबार, २१ चैत २०७७, १९ : ४५
शनिबार, २१ चैत २०७७

नेपाल पत्रकार महासंघले आगामी चैत २५ गतेका लागि तय भएको चुनावका लागि सबै प्रदेशमा केन्द्रीय प्रतिनिधि चयन गरेको छ । पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत एकै दिन हुन लागेको निर्वाचनलाई सफल पार्न केन्द्रीय कार्यालयको तर्फबाट गर्नुपर्ने आवश्यक समन्वय, सहयोग र व्यवस्थापकीय कार्यका लागि सबै प्रदेशमा  केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाउने निर्णय गरिएको महासंघले जनाएको छ । 
 महासंघ केन्द्रीय कार्यालयको आज सम्पन्न बैठकले केन्द्र, प्रदेश र शाखा कार्यसमितिको निर्वाचनलाई स्वस्थ्य, मर्यादित र व्यवस्थित बनाउन महासंघका सबै शाखा, प्रदेश र केन्द्रका निकायसहित आम पत्रकारहरूमा आह्वान गर्ने निर्णय पनि गरेको छ । 
 
महासंघका अनुसार प्रदेश नं १ मा  उपाध्यक्ष दिलीप थापा मगरको नेतृत्वमा केन्द्रीय सदस्य उद्धव तिमिल्सिना र सटेन्द्र जवेगुलाई प्रतिनिधि तोकिएको छ । यसैगरी प्रदेश नं २ मा  सचिव शितल महतोको नेतृत्वमा केन्द्रीय सदस्यहरु सुरेश यादव र शैलेन्द्र झा, वागमती प्रदेशमा सचिव रामप्रसाद दाहालको नेतृत्वमा केन्द्रीय सदस्य टेकराज थामी र नकुल अर्याल, गण्डकी प्रदेशमा कोषाध्यक्ष राजेश मिश्रको नेतृत्वमा केन्द्रीय सदस्य नवीन कुइकेल, लुम्विनी प्रदेशमा सचिव प्रकाश थापाको नेतृत्वमा केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदीलाई केन्द्रीय प्रतिनिधि चयन गरिएको छ । 

यसैगरी कर्णाली प्रदेशमा सचिव लक्ष्मी पुनको नेतृत्वमा केन्द्रीय सदस्य हरिहर शिंह राठौर र पूर्णप्रसाद चम्लागाई, सुदूरपश्चिम प्रदेशमा सचिव रेम विश्वकर्माको नेतृत्वमा मिन वम र श्याम भट्ट, उपत्यका प्रदेशमा उपाध्यक्ष दिलिप थापा मगरको नेतृत्वमा सदस्य छेटु शेर्पा र गोपाल वराइली, प्रतिष्ठान र एशोसिएट प्रदेशमा प्रकाश थापाको नेतृत्वमा केन्द्रीय सदस्यहरु टिकाराम प्रधान, जानुका बराल र राजेश चाम्लिङलाई प्रतिनिधि तोकिएको महासंघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप