शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

‘आहा रारा गोल्डप’को उद्घाटन खेलमा सहारालाई हराउँदै एपीएफ सेमिफाइनलमा

शनिबार, २१ चैत २०७७, १९ : ४१
शनिबार, २१ चैत २०७७

पोखरा । ‘आहा रारा गोल्डप’को उद्घाटन खेलमा नेपाल एपीएफ क्लबले आयोजक सहारा क्लब पोखरालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा शनिबार भएको खेलमा आयोजक सहारा क्लब पोखरालाई १–० गोल आशिष लामाले निर्णायक गोल गरेपछि एपीएफ क्लब सेमिफाइनल प्रवेश गरेको हो । 

१९ औ संस्करण औं संस्करणको आहा रारा गोल्डकपमा विभागीय टिम एपीएफ क्लबले पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८७ औं मिनेटमा निर्णायक गोल गर्दै लामाले एपीएफलाई जिताएका हुन् । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८७ औं मिनेटमा प्रदिप लामाको पासमा डिबक्स भित्रबाट आशिषले उत्कृष्ट गोल गरेका थिए । १ गोल गरेका आशिष नै खेलको म्यान अफ दि म्याच भए । 

घरेलु टोलीविरुद्ध निरन्तर गोलका लागि प्रयासरत एपीएफ पहिलो हाफमा गोल गर्न असफल रहेको थियो । दोस्रो हाफको ८७ औं मिनेटमा सहाराको रक्षापंक्तिलाई छक्काउदै आशिषले पहिलो गोल गरेका हुन्।

जितसँगै अन्तिम चारमा पुगेको एपीएफले फाइनल प्रवेशका लागि सोमबार हुने संकटा क्लब र मनाङ–मस्र्याङ्दी क्लबबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।

आइतबार हुने प्रतियोगितामा मछिन्द्र क्लब र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरी कुल ८ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । 

व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप