आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

फास्ट ट्रयाकको ठेक्का रद्द भएपछि प्रधानमन्त्री ओली रिसाए

शनिबार, २१ चैत २०७७, १९ : ०१
शनिबार, २१ चैत २०७७

काठमाडौं । गत विहीबार संसदीय समितिले नेपाली सेनालाई छलफलका लागि बोलाएर फास्ट ट्रयाकको ठेक्का रद्द गर्न निर्देशन दियो । सेनाले लगाएको सो ठेक्काबारे समितिमा नेपाली सेनाका अधिकृत र सांसदहरुबीच गर्मागर्मी बहस भयो । तर, समितिले ठेक्का रद्द गर्न निर्देशन दिएको तीन दिन नबित्दै प्रधानमन्त्री केपी शर्मा ओली संसदीय समितिमाथि खनिएका छन् ।

मिनी संसद मानिने संसदीय समितिहरुलाई प्रधानमन्त्री ओलीले विकासका कामहरु अवरुद्ध नगर्न सचेत गराए । शनिबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘अन्धाधुन्द ढंगले एउटा समितिले पनि बोलाएको छ, छानविन ग¥या छ, अर्काले पनि आदेश गरेको छ, अर्कोले पनि आदेश गरेको छ, त्यसैमा अनेक समितिले छानविन गर्छ, अनेक समितिले बोलाउँछ, काम हुनुभन्दा पहिले नै अनेक समितिले आदेश दिन्छ । यो तरिकालाई पनि हामीले आफ्ना क्षेत्राधिकार र आफ्ना कामको असरजस्ता पक्षहरुलाई पनि गम्भीरतापूर्वक हामीले ध्यान दिनुपर्छ ।’

​प्रधानमन्त्री ओलीले अगाडि भने,  ‘हामी.... पुल नबनाऊ भनेर आदेश त दिन्छौं, त्यसको असर के हुन्छ ? अर्थतन्त्रमा असर के हुन्छ ? यदि त्यहाँ अनियमितता भएको छ भने त्यस्तो लाग्छ समितिलाई भने, त्यो छानविन भएको छैन, त्यस्तो लाग्छ भने सम्बन्धित ठाउँलाई त्यसमा हेर्नू भनेर लेख्दिए हुन्छ । तर, काम रोक्नेजस्तो कुरा, अर्बौंको एउटा आयोजना, अझ केही खर्बको आयोजना रोकेर फेरि गर्दा त्यसले पार्ने असर र परिणाामहरु हेर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले विकासका काममा कुनै प्रतिकूल असर पर्न दिन नहुने बताउँदै भने, ‘चाहे हामी रोक्ने आदेश दिऔं, चाहे स्थगन आदेश दिऔं, राज्यका अधिकारप्राप्त निकायले पनि स्थगन आदेश दिने, तर ती स्थगन आदेशले गर्दा रोकिएको कुरा त्यसको असर के छ र त्यो स्थगन आदेश दिने हो भने त्यसको सकेसम्म छिटो निरुपण गर्ने सकेसम्म विकास निर्माणका काम चालु राखेर छानविन गर्ने जस्ता कुराहरु हुनुपर्ने तिर म सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।’

विकास सरकारको मात्रै सरोकारको विषय नभएर राज्यका सबै अंग, सबै निकाय, सबै तह र सबै संघसंस्थाको साझा सरोकारको विषय हो भन्दै प्रधानमन्त्री ओलीले थपे, ‘एकपल्ट रोकिएपछि त्यो कति समयसम्म रोकिइरहन्छ, फेरि काम गर्ने मान्छेहरुमा पनि उत्साह हुँदैन । अनि यस्तै कुराहरुले लम्बिँदै आयोजनाहरु गए भने त्यसप्रति मान्छेहरुको विश्वास हराउँदै जान्छ ।’

विकास निर्माणप्रति अत्यन्त जिम्मेवारीपूर्ण ढंगले सोच्नुपर्ने र त्यसलाई अगाडि बढ्ने कुरामा व्यवधान नपुग्ने गरी कदम चाल्नुपर्ने बताउँदै प्रधानमन्त्रीले भने, ‘बीचमा छानविन गर्नुपर्छ भने छानविन हुँदै गर्छ, काम पनि हुँदै गर्छ । दोषी कोही पाइयो भने दोषअनुसारको दण्डको भागी हुन्छ । तर, विकास निर्माणको काममा अवरोध भयो भने स्वाभाविकरुपमा बहुआयामिक क्षति पु¥याउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप