ओलीको प्रश्न– यो कस्तो राष्ट्रिय पत्रिका होला ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजीनामा मागिएको विषयमा समाचार छाप्ने अखबारप्रति सार्वजनिक टिप्पणी गरेका गरेका छन् । एउटा राष्ट्रिय पत्रिकाले मेलम्चीको पानी काठमाडौंमा आएको थाहा नपाएको भन्दै प्रधानमन्त्रीले पत्रिकाको नाम नलिई सो अखबारमाथि खरो टिप्पणी गरेका हुन् ।
बालुवाटारमा शनिबार आयोजित सडक उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘बहुत आफूलाई स्थापित, राष्ट्रको सबभन्दा ठूलो, बहुत लोकप्रिय, बढी बिक्ने भन्ने अखबारले काठमाडौंमा मेलम्चीको पानी आएको समाचार चैं दिँदैन । प्रधानमन्त्रीको राजीनामा मागियो भनेर... । आज माग्या हो र प्रधानमन्त्रीको राजीनामा ?’
प्रधानमन्त्री ओलीले अगाडि भने, ‘दिनैपिच्छे प्रधानमन्त्रीको राजीनामा मागेको चैं त्यो अखबारले छाप्छ, तर, मेलम्चीको पानी आएको थाहा पाउँदैन । म कसैप्रति लक्षित परिराख्या छैन, तर प्रवृत्तिको कुरा गरिराख्या छु । पत्रकारिता ! काठमाडौंमा नै उसको सम्वाददाता छैन । राष्ट्रपति प्रधानमन्त्री गएको ठाउँमा उसको सम्वाददाता पुग्दैन । लाइभ देखाएको हेर्न भ्याउने रिपोर्टर छैन । कस्तो राष्ट्रिय पत्रिका होला ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
-
परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान, यस्तो छ भ्रमण कार्यतालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण