शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कम्युनिस्टहरुले जनतालाई निराशा मात्रै दिए : रामहरि खतिवडा

शनिबार, २१ चैत २०७७, १७ : ४९
शनिबार, २१ चैत २०७७

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता रामहरी खतिवडाले नाता र दाता मिलाउन नजान्दा ‘नेकपा’को करिब दुई तिहाइको सरकार गर्ल्याम गुर्लुम ढल्ने अवस्था आएको बताएका छन् ।

राष्ट्रिय मगर संघ प्रदेश नम्बर १ द्वारा शनिबार उदयपुरको गाईघाटमा आयोजित बृहत मगर भेलामा नेता खतिवडाले कम्युनिस्टहरूले जनतालाई निराशा बाहेक केही दिन नसकेको  उनले बताए । 

‘कहिले एमाले, कहिले माओवादी, कहिले नेकपा, कहिले ओकपा त कहिले पुकपाको नाममा फुट्दै आएको कम्युनिस्टहरूले जनतालाई निराशा बाहेक अरु दिन सकेनन्,’ उनले भने । 

नेता खतिवडाले यो अवस्थामा काँग्रेसले काँग्रेसको कुरा काट्न छोडेर एक अर्कामा सम्मान र सद्भावको वातावरण सिर्जना गरी कम्युनिस्टविरुद्ध एकजुट हुने समय आएको बताए । उनले आगामी काँग्रेसको १४ औं महाधिवेशनबाट महिला, उत्पीडित, दलित, जनजातिको समान सहभागिता हुनुपर्नेमा खतिवडाले जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप