ओलीले राजीनामा नदिए अविश्वास प्रस्ताव आउँछ : रामचन्द्र पौडेल (भिडियोसहित)
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए काँग्रेसले संसदमा अविश्वासको प्रस्ताव लैजाने बताएका छन् । नेपाली कांग्रेस नुवाकोटद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा रहने भएकाले संसदमा अविश्वासको प्रस्ताव ल्याएर भएपनि हटाउने बताए ।
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री फेर्ने निर्णय गरिसकेको बताउँदै प्रधानमन्त्री ओलीले आफै राजीनामा नदिए काँग्रेसको नेतृत्वमा अविश्वासको प्रस्ताव संसदमा लैजाने बताए । उनले भने, ‘उहाँले राजीनामा दिनुहुन्न भने अविश्वास प्रस्ताव राखेर हामी जुटाउछौं ।’
सरकार बाहिर रहेका, प्रतिगमनको विरुद्धमा संघर्ष गरेका र संसद पुनःस्थापनाका लागि आवाज उठाएका तीन दलबीचमा वार्ता गरी सहमति गरेर प्रधानमन्त्री ओलीलाई हटाउन संसदमा अविश्वासको प्रस्ताव लैजाने उनको भनाइ छ । उनले भने, ‘खासगरी अहिले अपोजिसनमा रहेका र हिजोको प्रतिगमन विरुद्धमा संघर्ष गरेका र पुनःस्थापनाका लागि आवाज उठाएका तीनवटा दलको बीचमा पहिले हामी वार्ता गर्छौं, समझदारी बनाउँछौं र सहमति गरेर प्रधानमन्त्रीलाई हटाउने प्रस्ताव हामी पेश गर्छौं ।’
उनले अव बन्ने सरकारको नेतृत्व काँग्रेसले गर्ने पनि बताउनुभयो । तर यस विषयमा अन्य दलहरूसँग छलफल गर्न काँग्रेस तयार रहेको पनि स्पष्ट पारे ।
वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसको महाधिवेशन समयमै हुने पनि बताए । महाधिवेशन नभए कांग्रेसको अस्तित्व नै समाप्त हुने भएकाले समयमै महाधिवेशन सम्पन्न गरिने बताए । उनले भने, ‘महाधिवेशन हुन्छ, समयमै हुन्छ । नेपाली कांग्रेसको महाधिवेशन भदौमा हुन्छ, गर्नैपर्छ, नगर्दाखेरी त हाम्रो पार्टीको अस्तित्व समाप्त हुन्छ ।’
जनता समाजवादी पार्टी नेपालका माग पुरा गर्न काँग्रेस प्रयासरत रहेको पनि वरिष्ठ नेता पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन
-
१२ बजे १२ समाचार: न्यायाधीश नियुक्तिमा अन्योल, उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र
-
नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु
-
महको गुणस्तर वृद्धिमा जोड