बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राजीनामा माग्नेलाई प्रधानमन्त्रीको जवाफ : पहिला समर्थन फिर्ता लेउ

शनिबार, २१ चैत २०७७, १३ : १०
शनिबार, २१ चैत २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजनीनामा माग्नेहरुलाई जवाफ फर्काएका छन् । 

काँग्रेससहित नेकपा माओवादी केन्द्रले ओलीको राजीनामा मागिरहेको सन्दर्भमा उनले यस्तो जवाफ फर्काएका हुन् । 

शनिबार बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले भने, ‘राजीनामा आज मागिएको होइन्, मागिएको मागियै छ । मागैपिच्छे म कसरी दिनसक्छ ? 

एउटाले माग्दैन, 'एकदिन माग्दैन, दुईदिन माग्दैन, माग्या छ माग्या छ । ए बाबा, हटाउ न , समर्थन फिर्ता लिइदेउ भन्छु, त्यो पनि लिँदैनन्। अनि राजीनामा माग्छन्। राजीनामा त आइहाल्छ नि समर्थन फिर्ता गर न।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप