नबुझ्नेहरुले सरकारलाई तानाशाही भनिरहेका छन् : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई मन नपराउनेहरुले अनावश्यक भ्रम फैलाएको आरोप लगाएका छन् । उनले आफ्नो राजनीतिक ‘सटर’ बन्द हुने भएकाले नै केहीले सरकारले केही कामै गरेको छैन भन्दै अफबाह फैलाउने गरेको दावी गरे ।
ओलीले देशभरका १६५ रणनीतिक सडकको शुभारम्भ घोषणा गर्दै आफू नेतृत्वको सरकारले विकास निर्माणका कामलाई तीव्रताका साथ अघि बढाएको भएकैले विपक्षीहरुले तथ्यहीन तर्क वितर्क गरेर सरकारको विरोध गर्न खर्चिएको बताए ।
उनले विरोधमा सरकारलाई तानाशाही भन्नेहरुले त्यसको अर्थ नै नबुझेको पनि टिप्पणी गरे । ‘विरोधमा केही मान्छे तानाशाही आयो भन्छन्, के हो तानाशाही भनेको ? फासीवाद भनेको शब्द नबुझेर बोलेको हो कि ?’, उनले भने, ‘ जसले यसो भनिरहेका छन् । ती मान्छेले नै फासीवाद ल्याउन खोजेका थिए। लोकतन्त्र विरुद्ध जसले गलत काम गर्छ, उसैले तानाशाह, फासीवाद र अधिनायकवाद भन्छ । नबुझेर बोलेजस्तो लाग्यो ।’
सरकारले यस्ता भ्रमपूर्ण कुरामा नभइ जनता, विकास, देशको हित र स्वाभिमानमा ध्यान दिएको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिललाई भारी परे हालान्ड, स्पेन र पोर्चुगलमा कुन बलियो ? (भिडियो)
-
सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन स्वास्थ्यमन्त्री मेहताको जोड
-
नेपाल र एडीबीबिच २५ अर्ब रुपैयाँको ऋण सम्झौता, खानेपानी र भन्सार सुधारमा खर्च हुने
-
रास्वपाको केन्द्रीय समितिले कहिले पाउँछ पूर्णता ?
-
कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा. कीर्तिपाल सुवेदी
-
नेप्सेका सीईओको राजीनामा स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण