बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नबुझ्नेहरुले सरकारलाई तानाशाही भनिरहेका छन् : प्रधानमन्त्री

शनिबार, २१ चैत २०७७, १२ : ५५
शनिबार, २१ चैत २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई मन नपराउनेहरुले अनावश्यक भ्रम फैलाएको आरोप लगाएका छन् । उनले आफ्नो राजनीतिक ‘सटर’ बन्द हुने भएकाले नै केहीले सरकारले केही कामै गरेको छैन भन्दै अफबाह फैलाउने गरेको दावी गरे । 

ओलीले देशभरका १६५ रणनीतिक सडकको शुभारम्भ घोषणा गर्दै आफू नेतृत्वको सरकारले विकास निर्माणका कामलाई तीव्रताका साथ अघि बढाएको भएकैले विपक्षीहरुले तथ्यहीन तर्क वितर्क गरेर सरकारको विरोध गर्न खर्चिएको बताए । 

उनले विरोधमा सरकारलाई तानाशाही भन्नेहरुले त्यसको अर्थ नै नबुझेको पनि टिप्पणी गरे ।  ‘विरोधमा केही मान्छे तानाशाही आयो भन्छन्, के हो तानाशाही भनेको ? फासीवाद भनेको शब्द नबुझेर बोलेको हो कि ?’, उनले भने, ‘ जसले यसो भनिरहेका छन् । ती मान्छेले नै फासीवाद ल्याउन खोजेका थिए।  लोकतन्त्र विरुद्ध जसले गलत काम गर्छ, उसैले तानाशाह, फासीवाद र अधिनायकवाद भन्छ । नबुझेर बोलेजस्तो लाग्यो ।’

सरकारले यस्ता भ्रमपूर्ण कुरामा नभइ जनता, विकास, देशको हित र स्वाभिमानमा ध्यान दिएको पनि उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप