सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

‘दैनिक साढे ६ किलोमिटर सडक कालोपत्रे, दुई दिनमा एउटा पुल निर्माण’

शनिबार, २१ चैत २०७७, १४ : ४७
शनिबार, २१ चैत २०७७

सरकारले दैनिक साढे ६ किलोमिटर सडक कालोपत्रे हुँदै आएको बताएको छ । यस्तै प्रत्येक दुई दिनमा एउटा सडक पुल निर्माण सम्पन्न हुने गरेको पनि सरकारको भनाइ छ । 

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित १६५ रणनीतिक सडक शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङले सो कुरा बताएका हुन् । 
उनले मुलुकमा पूर्वाधारको क्षेत्रमा सडक अन्तर्गत निर्माणको नयाँ चरणको अभियानको शुभारम्भ घोषणा गरिएको भन्दै सरकारको चाहना सुखी नेपाली समृद्ध नेपालको लक्ष्यलाई पुरा गर्ने भएको बताए । 

विगतका सरकारले वर्षौसम्म पनि सडक र पुल निर्माणको काम सम्पन्न गर्न नसकेको दावी गर्दै केपी ओली नेतृत्वको सरकार आएपछि एक आर्थिक वर्षमै सडक पूर्वाधारको क्षेत्रमा विकासले तीव्र गति लिएको दावी गरे । 

‘समृद्धिलाई प्राप्त गर्नका लागि सडक तथा पुल निर्माण तीव्र गतिमा अघि बढेको छ । सडकहरु ६ देखि ८ लेनसम्मको बन्न थालेको छ । संघीय सडक विभाग मातहत ३५१२ किमि सडक कालोपत्रे भएको छ, ३३ किलोमिटर ग्राभेल सडक बनेका छन्, नयाँ ट्याक १६८६ किलोमिटर भन्दा बढी बनेका छन्’, उनले भने, ’, उनले भने, ‘प्रति दिन साढे ६ किलोमिट बाटोहरु बनेको अवस्था छ । विगतका वर्षमा दर्जनौं पुल बन्न सक्दैनथ्यो । यो सरकारले तीन वर्षमा सडक पुल ६२८ भन्दा बढी निर्माण गरेको छ । प्रत्येक दुई दिनमा एउटा पुल निर्माण भएर पूर्वाधार निर्माणको क्षेत्रमा फड्को मारेको जगजाहेर छ।’

उनले ८० राजमार्गलाई तीव्रता दिएपनि अझै पनि भारतीय र चिनियाँ सीमासम्म सडक सञ्जाल फैलाउन नसकेको अवस्था भने रहेको स्वीकार गरे । 

अब रणनीतिक सडकमार्फत प्रदेश राजधानी, जिल्ला सदरमुकाम, एक निर्वाचन क्षेत्रबाट अर्को निर्वाचन क्षेत्र  तथा एक जिल्लाबाट अर्को जिल्ला सहज रुपमा जोडिने उनले बताए । यस्तै राष्ट्रिय राजमार्गले तथा प्रदेश र स्थानीय तहमातहतको राजमार्गले समेट्न नसकेका कुराहरु रणनीतिक बाटोमार्फत सुरुवात गरिने पनि उनले बताए । 

संघीयता कार्यान्वयन गर्ने शिलसिलामा राष्ट्रिय आकाक्षा पुरा गर्ने सन्दर्भमा यो योजना कोशेढुंगा हुने सरकारको दावी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप