मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

फरक पहिरनमा नोरा फतेही

शनिबार, २१ चैत २०७७, १२ : ००
शनिबार, २१ चैत २०७७

बलिउडकी अभिनेत्री नोरा फतेहीले नयाँ फोटोशुट गराएकी छन् । उनको नयाँ तस्बिरले सामाजिक सञ्जाल तताएको छ । 

तस्बिरमा नोरा भिजेको कपालमा निकै चम्किएकी छन् । उनले क्यामेरामा दिएको कामुक लुक्सले धेरैको ध्यान खिँचेको छ ।

उनी ‘वान पीस’ पहिरनमा देखिएकी छन् । उनले शरीर पूरै शिमरी लुक्समा देखाएकी छिन् भने चल्किने सेतो जुत्ता लगाएकी छन् । 

बलिउडमा ‘हाय गर्मी’ नामक गीतमा नृत्य गरेर सबैलाई घायल पारेकी नोरालाई पछ्याउँने प्रशंसकको संख्या तीव्र गतिमा बढिरहेको छ । नोरा विभिन्न कारण चर्चामा पनि रहिरहन्छिन् ।

नोरा सामाजिक सञ्जाल इन्स्टाग्राममा निकै सक्रिय छिन् । उनी अहिले साउथ देखि बलिउडसम्मका फिल्मका पप गीतको भिडियोमा खेल्न व्यस्त छिन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप