बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

अमेरिकी संसद भवनमा हमलाः एक प्रहरी अधिकारीको निधन

शनिबार, २१ चैत २०७७, १० : ३४
शनिबार, २१ चैत २०७७

वासिङ्टनमा अमेरिकी संसद भवनमा भएको हमलामा एक प्रहरी अधिकारीको निधन भएको छ भने एक अन्य अधिकारी घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको छ । 

प्रहरीका अनुसार एक कारले सुरक्षा ब्यारिकेडमा ठक्कर दिएका थिए, तत्पश्चात् ड्राइभरले प्रहरीमाथि चक्कूमार्फत् हमला गरेका थिए । 

त्यसपछि प्रहरी अधिकारीले संदिग्धमाथि गोली चलाए, त्यसपछि उनको मृत्यु भयो । 

हमलाकर्ताको भयो पहिचानः

संदिग्ध हमलाकर्ताको पहिचान २५ वर्षीय नोआह ग्रीनको रुपमा भएको छ । 

अमेरिकामा बीबीसी सहयोगी सीबीएस न्यूजले हमलाकर्ताको पहिचान पुष्टि गरेको छ । अधिकारीका अनुसार उनको कुनै प्रहरी रेकर्ड छैन र उनको सेनासँग कुनै सम्बन्ध भएको  पनि देखिँदैन । 

यस्तै, हमलामा मारिएका प्रहरी अधिकारीको पहिचान सार्वजनिक गरिएको छ । 

पत्रकार सम्मेलनमा कार्यकारी क्यापिटल पुलिस प्रमुख योगानन्द पिटम्यानले यसबारे कुरा गर्दै अधिकारी विलियम बिली इभान्सको मृत्यु भएकोमा आफूलाई गहिरो दुःख भएको बताएका छन् । 

इभान्सले क्यापिटल पुलिस फोर्समामा पछिल्लो १८ वर्षदेखि आफ्नो सेवा दिइरहेका थिए । 

आतंककारी घटना होइनः

शुक्रबार पत्रकार सम्मेलनका बेला वासिङ्टन डीसीको कार्यकारी प्रहरी प्रमुखले यो हमलाको आतंकवादसँग कुनै सम्बन्ध नभएको बताएका छन् । 

शहरको मेट्रोपोलिटन प्रहरी विभागका कार्यकारी प्रमुखले भने, ‘यो हमला चाहे कानून स्थापित गर्ने संस्थामाथि हमला गरिएको होस् वा कुनै अन्य माथि, हाम्रो जिम्मेवारी यसबारे सबैकुरा पत्ता लगाउनु हो र हामी यो गर्नेछौं ।’

संसद् भवन नजिकै भारी सुरक्षाबल तैनाथ गरिएको छ ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप