कविताः म चन्द्रमा
-हर्कबहादुर लामगादे ‘रोहित’
कति गीत गाउँछौ मेरो
कति गुणगान गर्छौ मेरो
मेरो रूपको वर्णन गर्दै
कलाकार, गजलकार, कवि अनि
प्रेमीले पनि प्रेमिका मेरो रूपमा हेरे ।
मेरो उपस्थितिलाई शीतलता भन्छौ
खिन्न, रूष्ट हुँदा पनि
पूर्णिमाको रातमा,
सबै हाँसेर सहन्छौ
मेरो रूपमा खोट भेट्ता पनि
रूपवानको संज्ञा मलाई दिन्छौ ।
नानीलाई फकाउन
मेरो सहारा लिन्छौ
म करोडौँ कोस टाढा हुँदा पनि
मेरै प्रशंसा गरेर
यो उजाड भूमि,
म चन्द्रमालाई फुक्र्याइदिन्छौँ ।
समीप आएर हेर त
म बाँझो छु
अजाड छु
यहाँ न तरल जल छ
न केही उज्यालो बन्नलाई
मलिलो मल छ
मेरो त उज्यालोपन पनि
सूर्यको ऋण हो
पूर्णिमाको शीतलता पनि
मौसमको चक्रले हो
म, न कसैको मामा हुँ
न रूपवान हुँ ।
म असहज छु
सबैको सम्मानले ।
म चन्द्रमा त
मात्र गीतको बोल हुँ
कविताको विषय हुँ
टाढाबाट हेर्दा,
उज्यालो मनोरम दृश्य
मोहनी लाग्ने स्वरूप
झाँकेर हेर्दा खण्डहर–कुरूप ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री डा.राणा चीनको छन्दुमा
-
चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन आह्वान
-
शिक्षक–कर्मचारी र नेपाल खुला विश्वविद्यालयबिच ४ बुँदे सहमति, तालाबन्दी खुल्यो
-
कोशी प्रदेशका राज्यमन्त्री राईको सवारी दुर्घटना
-
पोखराका मेयरले बोलाए विशेष नगरसभा, अदालतमा भएको मुद्दा नगरसभाले खारेज गर्दै
-
काठमाडौँ–१६ मा चुनावी परिणाम आफ्नो पोल्टामा पार्न दलहरूको तीव्र दौडधुप