शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पछिल्लो २४ घण्टामा १७९ कोरोना सङ्क्रमित

शुक्रबार, २० चैत २०७७, २२ : ३८
शुक्रबार, २० चैत २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा १७९ कोरोना सङ्क्रमति भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल तीन हजार ५६५ को स्वास्थ्य परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमित भेटिएका हुन् । यस्तै कूल १११ जना भने निको भएका छन् । विवरणअनुसार सबैभन्दा बढी वाग्मती प्रदेशमा १०६ जना सङ्क्रमित भएका छन् । गण्डकीमा ३३, लुम्बिनीमा १६, सुदूरपश्चिममा १२, कर्णालीमा एक, प्रदेश नं १ मा नौ र प्रदेश नं २ मा दुई जना सङ्क्रमित भएका छन् । 

यस्तै छिमेकी देश भारतमा कोरोनाको थप सङ्क्रमण फैलिएपछि सीमानाकामा एन्टिजेन परीक्षण थालिएको छ । सो परीक्षणअनुसार कूल ६८ जनामा एन्टिजेन पोजेटिभ देखिएको छ । सरकारले बेलहिया रुपन्देही, गड्डाचौकी कञ्चनपुर, जमुनाह बाँके, कृष्णनगर कपिलवस्तु र त्रिनगर कञ्चनपुरमा एन्टिजेन परीक्षण गरेको छ । परीक्षणअनुसार पोजेटिभ मध्ये सङ्क्रमण दर चार प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार कूल ६१ जना क्वारेन्टिनमा रहेका छन् भने हालसम्म कूल १७ लाख ९१ हजार ६०६ जनाले कोरोनाको खोप लगाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप