शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा यात्रुबाहक बस दुर्घटना, २ जनाको मृत्यु

शुक्रबार, २० चैत २०७७, २२ : ३४
शुक्रबार, २० चैत २०७७

दाङ । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरदेखि भालुवाङ तर्फ जाँदै गरेको लु १ ख ९८६३ नं को बस लमही–घोराही सडक खण्डको मुसोट नजिकै आज साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए ।

मृतकको सनाखत हुन सकेको छैन् । सो दुर्घटनामा दुई दर्जन बढी यात्रु घाइते भएकामा ६  गम्भीर घाइते रहेको उपरीक्षक चन्दले बताए ।  घाइतेका लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप