शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जुत्तामा लुकाएको आधा किलो सुनसहित विमानस्थलबाट २ जना पक्राउ

शुक्रबार, २० चैत २०७७, २२ : २६
शुक्रबार, २० चैत २०७७

काठमाडौं । जुत्तामा सुन लुकाएर दुवईबाट काठमाडौं आएका एक जनासहित दुई जनालाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका ३८ बर्षीय विष्णु भण्डारी र सुन रिसिभ गर्न गएका काभ्रेका कमल कृष्ण केसी छन् । फ्लाई दुबईबाट काठमाडौं आएका भण्डारीको साथबाट ५ सय १६ ग्राम सुन बरामद गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए ।

सिन्धुपाल्चोकको थाङपालधाप–८ घर भएका भण्डारीबाट सुन रिसिभ गर्न गएका काभ्रे मण्डनदेउपुरका केसीलाई अपराध महाशाखा र विमानस्थल सुरक्षा कार्यालयको टोलीले पार्किङबाट पक्रेको हो । भन्सार जाँच गर्दा स्पोर्टस् जुत्तामा लुकाएर ल्याएको चारवटा बिस्कुट र एउटा बाला भेटिएको थियो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले उनीहरुमाथि अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप