प्रभु बैंकद्वारा नेपाल औषधि व्यवसायी संघसँग साझेदारी
शुक्रबार, २० चैत २०७७, १७ : १९
काठमाडौं । नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेश र प्रभु बैंक बीच बैंकिङ्ग साझेदारी गर्ने सम्झौता भएको छ ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका मुख्य निर्देशक सुदिप फुयालले क्यूआर कोड तथा डिजिटल बैंकिङ्गको महत्व तथा फाइदाहरु बारे जानकारी गराउँदै औषधि व्यवसायीहरुलाई क्यूआर कोडको वितरण गरे । शुक्रबार लुम्बिनी बुद्ध गार्डेन रुपन्देहीमा एक समारोह बीच प्रभुका प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल राना र नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवालीले हस्ताक्षर गरे ।
नेपाल औषधि व्यवसायी संघका अध्यक्ष शिव ज्ञवालीले यस सम्झौताले आगामी दिनमा बैंक तथा ब्यवसायी बीच सुमधुर सम्बन्ध हुनुका साथै ब्यवसाय विस्तार तथा प्रबर्धनमा उल्लेख्य टेवा पुग्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान