वैज्ञानिक भन्छन्, 'यस वर्ष नै कोरोना भ्याक्सिनको नयाँ खोपको आवश्यकता पर्छ'
संसारमा कोरोना भाइरसको दोस्रो लहरसँगै आखिर यो भ्याक्सिनले कति समय काम गर्छ भन्ने प्रश्न आजको ज्वलन्त प्रश्न बनेको छ । कोरोनाको जीन म्युटेशन तथा नयाँ भेरियन्ट माथि फलानो कम्पनीको भ्याक्सिन यति प्रतिशत प्रभावकारी भनेर भन्ने गरिए पनि वैज्ञानिकहरुले आउने कैयौं वर्षसम्म कोरोना भाइरसले नयाँ–नयाँ रूप फेरिइरहने ठहर गरेका छन् ।
एपिडेमियोलोजिस्ट (Epidemiologists) तथा भायरोलोजिस्ट (Virologists) का अनुसार पहिलो जेनेरेशनको भ्याक्सिनले मुश्किलले एक वर्ष काम गर्नेछ । यसकारण पनि उनीहरुको जोड चाँडो भन्दा चाँडो भ्याक्सिन लगाउनमा छ ।
तर, जीन म्युटेशन पछि देखिएको कोरोनाको नयाँ स्वरुपका लागि पूरानो भ्याक्सिनले काम नगर्ने तथा यसका लागि यसै वर्ष अर्को भ्याक्सिन तयार पार्नुपर्ने जरुरी छ । नयाँ स्वरुपको कोरोना भाइरसले पहिलेको तुलनामा मानिसलाई चाँडै नै संक्रमित बनाउने खतरा छ ।
भ्याक्सिन एलाइन्स थिमको रुपमा काम गर्ने पिपल भ्याक्सिन एलाइन्सले (People's Vaccine Alliance) गरेको सर्वेक्षणका अनुसार यो भ्याक्सिनले एक वर्षसम्म मात्र काम गर्ने शोधमा संलग्न दुई तिहाइको मत छ भने बाँकी एक तिहाई अब नयाँ भ्याक्सिन ल्याउनका लागि नौ महिनाभन्दा कम समय मात्र बाँकी छ ।
यो सर्वेक्षणमा २८ देशका ७७ विख्यात वैज्ञानिक संलग्न रहेका थिए । यी वैज्ञानिकले यल, जोन हप्किन्स तथा इम्पेरियल कलेज जस्ता विश्वका नाम चलेका संस्थामा काम गरिसकेका छन् । वैज्ञानिकका अनुसार समयमै खोप लगाएर हालको कोरोना भाइरसबाट सुरक्षित रहन सकिन्छ । जसले भविष्यमा देखिने भाइरसको चुनौती सामना गर्न समेत सजिलो हुन्छ ।
अमेरिका तथा बेलायतमा खोप अभियानले तिब्रता लिएको छ । उक्त देशमा करिब एक चौथाइ जनतामा पहिलो चरणको खोप लगाइ सकिएको छ । तर, दक्षिण अफ्रिका तथा थाइल्यण्डमा भने एक प्रतिशतमा पनि खोप लगाइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गीत रेकर्डसँगै ‘आम नागरिक’ निर्माण सुरु
-
सर्वोच्च अदालतको प्रश्नपछि पतञ्जलिले पत्रपत्रिकामा फेरि छाप्यो माफीनामा
-
१७औँ आईपीएलको ४०औँ खेल आज : लगातार दोस्रो पटक गुजरातलाई हराउने योजना बुन्दै दिल्ली
-
नेपाल र कतारबिच दुईपक्षीय वार्ता
-
सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
-
अनमोलको ‘फर्की फर्की’को धमाधम विदेश राइट बिक्री