बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको पुणेमा ‘मिनी लकडाउन’: विवाह, अन्तिम संस्कारबाहेक सबै सार्वजनिक कार्यक्रममा रोक

शुक्रबार, २० चैत २०७७, १५ : ३९
शुक्रबार, २० चैत २०७७

भारतको महाराष्ट्रमा कोरोनाको केसमा अत्यधिक तीब्र गतिमा बढोत्तरी भइरहेको देखेर सरकारले कडाई गर्न सुरु गरिदिएको छ । यसै अनुरुप पुणेमा सात दिनका लागि विवाह र अन्तिम संस्कारबाहेक सबै सार्वजनिक कार्यक्रममा रोक लगाइदिएको छ । अन्तिम संस्कारमा २० जना र विवाहमा ५० जनाको अनुमति हुनेछ । यो आदेश शनिबारदेखि प्रभावकारी हुनेछ ।

मिनी लकडाउनका के गर्न नपाइने ?

– बार, रेष्टुरेन्ट, होटल बन्द हुनेछ, होम डेलिभरीको अनुमति हुनेछ

– पुणे महानगर परिवहन महामण्डल लिमिटेडको बस सेवा बन्द हुनेछ

– बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म नाइट कर्फ्यू हुनेछ ।

– अर्को शुक्रबार एकपटक पुनः स्थितिको समीक्षा गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप