विवेकशील साझा पार्टीमा दुई युवा संगठन समायोजन

काठमाडौं । विवेकशील साझा पार्टीको युवा संगठन समायोजन कार्यदलले पार्टीका दुई युवा संगठन समायोजन गरेको छ। पूर्व साझा पार्टी निकट साझा युवा संगठन र पूर्व विवेकशील नेपाली दल निकटको नव युवा सञ्जाल समायोजन भई विवेकशील साझा युवा संगठन गठन भएको हो ।
समायोजित संगठनमा दुवै पक्षबाट समानताका आधारमा ६ जना पदाधिकारी, केन्द्रीय सचिवालयमा २८ जना र केन्द्रीय समितिमा ६६ जना सदस्य रहनेछन्। प्रदेश र जिल्ला समितिहरु पनि सम्मानजनक सहभागिताका आधारमा समायोजन गरिने घोषणापत्रमा उल्लेख छ। २०७८ सालको आश्विनमा युवा संगठनको प्रथम महाधिवेशन सम्पन्न गर्ने तयारी गरिएको छ ।
समायोजन घोषणापत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै पार्टी संयोजक मिलन पाण्डेले मुलुकको संविधान, संवैधानिक लोकतन्त्र, नागरिक सर्वोच्चतालाई शिरोपर गर्दै वैकल्पिक राजनीतिलाई सशक्त रुपमा अघि बढाउन र युवा वर्गमा आकर्षण ल्याउन सिर्जनशील सुसंस्कृत राजनीतिक केन्द्रको रुपमा विवेकशील साझा युवा संगठन उभिने बताए ।
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले दुई युवा संगठन समायोजनबाट देश विदेशमा रहेका आम युवाहरुलाई पार्टीमा आकर्षित गर्न सघाउ पुग्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा