केन्द्रीय संस्करण

रुरु को आइपिओ खुल्यो, कतिले पाउनेछन् ?

person explore access_timeचैत २०, २०७७ chat_bubble_outline0

रुरु जलुविद्युत आयोजनाको आइपीओ चैत २० गते (आज) देखि बिक्री खुला भएको छ । कम्पनीले १ सय २० रुपैयाँ दरको कुल ४ लाख ७ हजार ७ सय ६ कित्ता आइपीओ निष्कासन गरेको हो । 

यसमध्ये ८ हजार १ सय ५४ कर्मचारी र २० हजार ३ सय ८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ ।

बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन । कम्पनीले १ सय अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम मूल्य थप गरेर आइपीओ निष्कासन गरेको हो । 

यसमा चैत २४ गतेसम्म आवेदन दिन सकिनेछ । सो  समयमा आइपीओ पुरै बिक्री नभएमा वैशाख ३ गतेसम्म बिक्री खुला हुनेछ । 

रुरु जलुविद्युतको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवदेन दिएका सबैले यसको आइपिओ हात पार्ने देखिदैन । किनभने १० कित्ताका दरले वित्तरण गर्दा पनि ३७ हजार ९ सय १६ जनालाई पुग्छ । यसकारण रुरुको आइपिओ पाउन भाग्यकै भर पर्नुपर्ने छ । 

यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ । इक्रा नेपालले रुरु जलविद्युत परियोजनालाई ग्रेड ३ रेटिङ दिएको छ । ग्रेड ३ रेटिङले औषतमा राम्रो भएको देखाउँछ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.