राष्ट्रपतिले भृकुटीमण्डपबाट मेलम्चीको धारो खोल्ने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो भृकुटीमण्डपबाट मेलम्चीको पानी वितरणको उदघाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुृर देउवा पनि अतिथिका रुपमा उपस्थित हुनेछन् ।
खानेपानी मन्त्रालयले आयोजना गरेको पानी वितरण उदघाटन कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री र विपक्षी दलका नेता सहभागी हुन लागेका हुन् ।
शुक्रबार दिउँसो २ बजे हुने उदघाटनका क्रममा राष्ट्रपतिले धारा खोल्ने पानी वितरणको औपचारिक शुरुवात गर्ने मन्त्रालयले जनाएको छ । त्यससँगै राष्ट्रपतिले पानीको जेट स्वीच खोल्ने कार्यक्रम छ । कार्यक्रममा मेलम्ची आयोजनाको भिडियो क्लिप देखाइनुका साथै सांस्कृतिक प्रदर्शनीसमेत हुने खानेपानी मन्त्रालयका अधिकारीहरुले जानकारी दिए ।
मेलम्ची आयोजनाको खानेपानी वितरणको उदघाटन कार्यक्रममा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य, प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले सम्वोधन गर्ने मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
