आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिले भृकुटीमण्डपबाट मेलम्चीको धारो खोल्ने

शुक्रबार, २० चैत २०७७, ०९ : २१
शुक्रबार, २० चैत २०७७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो भृकुटीमण्डपबाट मेलम्चीको पानी वितरणको उदघाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुृर देउवा पनि अतिथिका रुपमा उपस्थित हुनेछन् ।

खानेपानी मन्त्रालयले आयोजना गरेको पानी वितरण उदघाटन कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री र विपक्षी दलका नेता सहभागी हुन लागेका हुन् ।  

शुक्रबार दिउँसो २ बजे हुने उदघाटनका क्रममा राष्ट्रपतिले धारा खोल्ने पानी वितरणको औपचारिक शुरुवात गर्ने मन्त्रालयले जनाएको छ । त्यससँगै राष्ट्रपतिले पानीको जेट स्वीच खोल्ने कार्यक्रम छ । कार्यक्रममा मेलम्ची आयोजनाको भिडियो क्लिप देखाइनुका साथै सांस्कृतिक प्रदर्शनीसमेत हुने खानेपानी मन्त्रालयका अधिकारीहरुले जानकारी दिए ।

मेलम्ची आयोजनाको खानेपानी वितरणको उदघाटन कार्यक्रममा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य, प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले सम्वोधन गर्ने मन्त्रालयले जनाएको छ । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप