मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सलमानसँग ८ वर्षसम्म प्रेमसम्बन्धमा रहेकी सोमी भन्छिन्, ‘सलमानले मलाई धोका दिए’

शुक्रबार, २० चैत २०७७, ०८ : ५२
शुक्रबार, २० चैत २०७७

बलिउडका सुपरस्टार सलमान खानकी पूर्वप्रेमिका सोमी अलीले सलमानले उनलाई धोका दिएको आरोप लगाएकी छन् । 

उनी पछिल्लो समयमा मिडियामा सक्रिय रुपमा देखिन थालेकी छन् भने उनले आफ्नो पूरानो सम्बन्धको बारेमा पनि खुलेर कुराकानी गरिरहेकी छिन् । 

उनले एक अन्तरवार्तामा भनेकी छिन्, ‘मैले उनीसँग ब्रेकअप गरेको २० वर्ष भएको छ । उनले मलाई धोका दिएका थिए । त्यसैले मैले उनीसँग सम्बन्ध तोडेँ ।’ उनीहरु पछिल्लो समय आफ्नो – आफ्नो दुनियाँमा व्यस्त छन् । सोमीले सलमानसँग सम्बन्ध तोडेपछि ५ वर्षसम्म बोलचाल बन्द गरेकी थिइन् । 

उनी पाकिस्तानी मुलकी अमेरिकी अभिनेत्री हुन् । ९० को दशकमा बलिउडका थुप्रै फिल्ममा काम गरेकी छन् । यसै सिलसिलामा सलमान र सोमी नजिकिएका थिए । उनीहरु एकसाथ ८ वर्षसम्म सम्बन्धमा रहे । 

जुम डिजिटलमा कुराकानी गर्दै सोमीले भनिन्, ‘म भारत बलिउडको हिस्सा बन्नको लागि आएकी थिइनँ । पूर्वप्रेमीसँग सम्बन्ध तोडिएपछि म बलिउड छोडेर गएँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप