मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

अभिनेत्री आलिया भट्ट कोरोना संक्रमित

शुक्रबार, २० चैत २०७७, ०८ : २६
शुक्रबार, २० चैत २०७७

कोरोना संक्रमणदर बढ्न थालेपछि बलिउडमा अभिनेता तथा अभिनेत्रीहरु संक्रमित हुने संख्या पनि बढेको छ । 

यसैबीच, अभिनेत्री आलिया भट्ट पनि कोरोना संक्रमित भएकी छन् । उनका प्रेमी रणबीर कपूर कोरोना संक्रमित भएपछि आलियाको कोरोना रिपोर्ट पनि पोजेटिभ आएको हो । 

आलियाको आउँदै गरेको फिल्म ‘गंगूबाई काठियावाडीं’ का निर्देशक संजय लीला भंसाली पनि केही समय अगाडि कोरोना संक्रमित भएका थिए । 

कोरोनाको लहर फिल्म क्षेत्र, टेलिभिजन क्षेत्र, खेल क्षेत्रका प्रतिष्ठित व्यक्तिहरु पनि पछिल्लो समय कोरोना संक्रमित हुँदै आएका छन् । सचिन तेंदुलकर, आमिर खान, कार्तिक आर्यन, विक्रांत मैसे, मनोज बाजपेयी, बप्पी लहरी, तारा सुतारियापछि आलिया पनि कोरोना संक्रमित भएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप