शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कस्तो रहनेछ आजको मौसम ?

शुक्रबार, २० चैत २०७७, ०७ : २५
शुक्रबार, २० चैत २०७७

हाल देशमा स्थानीय वायुको प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ । शुक्रबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शनिबार प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य  बदली र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ। प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आइतबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप