बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आजको राशिफल : कुन राशिका लागि आजको दिन शुभ ?

शुक्रबार, २० चैत २०७७, ०५ : ५९
शुक्रबार, २० चैत २०७७

वि.सं.२०७७ साल चैत्र २० गते । शुक्रबार । ईश्वी सन् २०२१ अप्रिल ०२ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र कृष्णपक्ष । तिथि–पंचमी,१९ घडी १४ पला,दिउसो ०१ बजेर ३७ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–अनुराधा,११ घडी १६ पला,बिहान १० बजेर २६ मिनेट उप्रान्त ज्येष्ठा । योग– सिद्धि,०४ घडी २० पला,बिहान ०७ बजेर ४० मिनेट उप्रान्त व्यातिपात । करण– तैतिल,दिउसो ०१ बजेर ३७ मिनेट उप्रान्त गर,रातको १२ बजेर २९ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २१ मिनेट । दिनमान ३१ घडी ०३ पला ।

 
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बाटो हिड्दा वा सवारी चलाउदा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । पानीसँग सम्बन्धित व्यावसाय खस्केर जाने योग रहेकोछ । स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधी उपचार खर्च बढ्ने योग रहेकोछ । मन कमजोर हुने हुँदा पढाइ लेखाइमा मन जाने छैन भने अरुभन्दा पछि परिनेछ । परिस्थितीले ऋण लगाउने तथा बिभिन्न समस्याहरूको सामना गर्नुपर्नेछ । घरपरिवारमा आफन्त बीच मनमुटाव बढ्ने तथा माया प्रेममा गलत बुझाइले समस्या निम्त्याउन सक्छ, सचेत रहनुहोला ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) साझेदारी व्यापार व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ । पर्यटन सम्वन्धी व्यावसायमा सामान्य चहलपहल हुनेछ । पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नी बीचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुलाई पछाडी पारिनेछ । वैदेशिक यात्राको सम्भावना निकै बलियो रहेको छ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) पढाइ लेखाइमा समय दिन नसक्दा नतिजा अरुकै पोल्टोमा पर्नेछ । वादविवाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरु हावी हुनाले हरेक कामहरु प्रभावित हुनेछन्  । न्यायिक निर्णयहरु तपार्ईँको पक्षमा नआउने हुनाले आजको दिन यस्ता क्रियाकलापमा सामेल नहुनुहोला । पुराना रोग तथा ऋणहरू पुनः बल्झने हुँदा मानसिक तनाब बढ्नेछ । प्रेममा एक अर्का बीच वैमनस्यता बढ्ने हुँदा छुट्टिनु पर्नेछ भने आफन्त तथा मावली पक्षसँग बिवाद बढ्न सक्छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाइ लेखाइमा शुक्ष्म तरिकाले गरीएको अध्ययनले सकारात्मक नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रबाट आउने आम्दानीले आर्थिक अवस्था मजबुत हुनेछ । आफ्नो मानिसबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने हुनाले आत्मियता बढेर जानेछ । सन्तान पक्षबाट भनेजस्तो सहयोग तथा सल्लाह पाइने तथा बंश बृद्धिको गतिलो योग रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आत्मिय साथी तथा आफन्तसँग मनमुटाव बढ्नेछ । आमा तथा आमा सरहका मानिससँग बिवाद बढ्ने योग रहेकोछ । प्रतिस्पर्धीहरुले काममा अवरोध पु¥याउन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपार्ईँ आफ्नै कारणले पछी पर्नु हुनेछ । सामान्य छाती सम्वन्धी समस्या आउन सक्छ ख्याल गर्नुहोला । राजनीतिमा जनताको समर्थन पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । तरपनि कृषी तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।
 
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यावसायमा लगानी गर्दा घाटा हुनसक्छ ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुनेछ । पढाइ लेखाइमा ध्यान नजादा अरुभन्दा पछी परिनेछ । मायाप्रेममा धोका हुनेछ भने पति पत्नीसँग मनमुटाव बढ्न सक्छ । दाजुभाई तथा छिमेकीसँगको सम्वन्धमा मनमुटाव सिर्जना हुनेछ । खुट्टा तान्ने तथा कुरा काट्नेहरु सक्रिय रहनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफ्ना समस्याहरु परिवार तथा आफन्तले बुझ्ने हुदा काम गर्न सहज हुनेछ । थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ भने बोलिको प्रभाव बढ्ने हुदा महत्वपूर्ण निर्णयहरु गर्न सकिनेछ । माया प्रेममा विश्वास बढ्नेछ भने जीवन साथिको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । बिद्यार्थीहरुले थोरै समय दिँदा पनि उत्कृष्ट नतिजा ल्याउन सक्नेछन् । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले थप लगानीको वातावरण बन्नेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । माया प्रेममा नचाहँदा नचाहँदै टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ । अरुलाई दिएको आश्वासन पूरा नसकिने तथा सामाजिक कामहरु समयमा सम्पन्न नहुदा मान सम्मानमा दाग लाग्न सक्छ सजक रहनुहोला । अनावस्यक खर्च तथा दैनिक खर्च बढेर जानेछ भने न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा मन खिन्न हुनेछ । अल्छि गर्ने बानीले कामहरु बिग्रन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आत्मिय मित्र तथा सहयोगिको सहयोग नपाउँदा थालेका कामहरु बिचमा छोड्नु पर्ने हुनसक्छ । व्यापार व्यावसायमा समय दिन सकिने छैन भने सोचेजस्तो आम्दानी नहुँदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकूल बन्नेछ भने यहि बेलामा आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन् । यात्राको प्रशस्त सम्भावना रहेकोछ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन्  । प्रेम प्रशङगमा चिसोपनले जरा गाड्नेछ ख्याल गर्नुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफन्तजन तथा दाजुभाईबाट प्रशस्त सहयोग पाईनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी हुनेछ । तरल पदार्थ जस्तै हाइड्रो,पानी जस्ता उद्योग व्यावसायमा लगानी गर्दा उचित प्रतिफल पाइनेछ । सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । बिद्यामा तपार्ईँले गरेको मिहिनेत खेर जानेछैन ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) नोकरीमा अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्नेछ भने सहयोग गर्ने कमै भेटिनेछन् । पहिले निर्णय भैसकेका मुद्दाहरु आइलाग्ने हुँदा मानसिक तनाव बढ्नेछ । सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुनेछ । माया प्रेममा आफ्नो मायालुसँग मनमुटाव बढ्नेछ । आफ्नो भन्दा पनि अरुकै कामको लागी दिनभर व्यस्त रहदा आफ्नो काम थाती रहनेछ । व्यापारमा व्यावसायमा लगानी गर्न केही समय पर्खनु उचित हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) भाग्यले साथ दिने हुँदा सानो प्रयत्‍नले ठुलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुनाले शरीरले सकारात्मक उर्जा ग्रहण गर्नेछ । आफन्तहरुको सहयोगले उपलब्धी मुलक कामहरु बन्नेछन् भने दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ । धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेकोछ । नयाँ काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ ।  

तपाईँको दिन शुभ रहोस् ।
यूवा ज्योतिषी डीपी भण्डारी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप