शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शाओमीको ‘रेडमी नोट १०’ सार्वजनिक, १२० हट्र्ज एमोलेड डिस्प्ले, १०८ एमपी क्यामेरासहित यस्ता छन् विशेषताहरु

बिहीबार, १९ चैत २०७७, २० : ५३
बिहीबार, १९ चैत २०७७

काठमाडौं । शाओमीले आफ्नो रेडमी नोट श्रृंखलाको १०औं जेनेरेसन नेपालमा आज सार्वजनिक गरेको छ । 

नवप्रवर्तनको सीमालाई अगाडि बढाउँदै बेस्ट–इन–क्लास सुविधाहरु सहित ब्रान्डले रेडमी नोट १० प्रस्तुत गरेको हो । रेडमी नोट १० एक ताजा ईभोल डिजाइन र नवीनतम टेक्नोलोजिकल एड्भान्समेन्टहरु जस्तै: ४८ एमपी क्यामेरा, ६० हट्र्ज एमोलेड डिस्प्ले, क्वालकम स्न्यापड्रागज ६७८ प्रोसेसरका साथ उपलब्ध छ । 

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले पहिलो रेडमी नोटको शुरु भएदेखि नै नोट श्रृंखलाले आफ्नो श्रेणीमा केही उच्च मापदण्ड राख्दै आएको बताए । उनले भने, ‘हाम्रा उपकरणहरु मध्ये प्रिमिएम मूल्य क्षेत्रमा डि–फयाक्टो विकल्पको रुपमा परिणत भएका छन् । रेडमी नोट श्रृंखलाको हाम्रो १०औं जेनेरेसनको लन्चका साथ हामी टेक्नोलोजीको हरेक अंश जस्तै क्यामेरा, डिस्प्ले र प्रदर्शनलाई लिएर यस भागमा एक सुपरचाज्र्ड उपकरणलाई जोडेर परिवर्तन ल्याउँदैछौैं ।’

रेडमी नोट १०–द न्यू च्याम्प टेनएन
रेडमी नोट १० अलराउन्ड च्याम्पियन हो । यो स्मार्टफोनले स्पेक्स र सुविधाहरुमा सन्तुलित र शक्तिशाली संयोजन प्रदान गर्दछ । डिस्प्ले १८० हट्र्ज टच स्याम्पलिङ्ग रेटको साथ आउँछ ।

इभोल डिजाइन
रेडमी नोट १० सबै इभोल डिजाइनको साथ उपलब्ध छ । यसमा इमर्सिभ ध्वनि अनुभवका लागि हाई–रेस प्रमाणित स्टेरियो स्पिकरहरू र राम्रो अनि स्मुथ हेप्टिक्सको लागि जेड्–एक्सिस भाइबे्रसन मोटर पनि रहेको छ । उपकरणलाई आकस्मिक झर्नबाट जोगाउन उपकरण कोर्निङ गोरिल्ला ग्लास थ्रीद्वारा सुरक्षित गरिएको छ । सुरक्षित अनलकको लागि उपकरणमा साइड–माउन्टेट फिङ्गरप्रिन्ट स्क्यानरको सुविधा छ । यसमा आईआर ब्लास्टर र ३ं.५ एम्एम् ज्याक पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

६७८ युएफएस २.२ स्टोरेज 
रेडमी नोट १० पहिलो स्मार्टफोन हो जसले क्वालकम स्न्यापड्रागन टीएम ६७८ प्रोसेसर ल्याएको छ । जसले अधिक क्षमताको साथ द्रूतगति प्रदान गर्दछ । उपकरणले स्न्यापड्रागन एड्रेनो ६१२ ग्राफिक्स चिपसेट र १२८ जीबी युएफएस २.२ स्टोरेजसम्मको ६ जीबी एलपीडीडीआरफोरएक्स र्याम पनि प्रदान गर्दछ ।   

४८ एमपी क्वाड क्यामरा सेटअप
रेडमी नोट १०, ४८ एमपीको सोनी आईएमएक्स ५८२ सेन्सरको साथ आउँछ जसलाई क्वाड क्यामेरा सेटअपका साथ मिलाइन्छ र जसले गर्दा कम प्रकाश अवस्थाहरुमा सुटिङ गर्दा राम्रो परिणाम प्रदान गर्दछ । ४८ एमपी सेन्सर एक ८ एमपी अल्ट्रा–वाइड एन्गल लेन्स, एक टु एमपी गहिराई भएको  सेन्सर र एक टु एमपी म्याक्रो सेन्सरका साथ जोडिएको छ । जसले प्रयोगकर्ताहरुलाई म्याक्रो फोटोग्राफीका लागि मद्दत पु¥याउँछ । अगाडि एक १३ एमपी क्यामेरा पनि छ जसले व्रिmस्प्स र सार्प सेल्फी क्लिक गर्दछ ।​

५००० एमएएच ब्याट्री 
५००० एमएएच ब्याट्री र ३३ वाट चार्जर–इन–बक्सको साथमा रेडमी नोट १० शून्य देखि ६७ प्रतिशतसम्म ३० मिनेटमै चार्ज हुन्छ । थप रुपमा यो ०.६६ मिलिमिटर पातलो र रेडमी नोट ९ भन्दा २०.२ ग्राम हलुका छ । जसले यो स्मार्टफोनलाई एकल हाते प्रयोगको लागि एक आदर्श बनाएको छ ।  

रेडमी नोट १० व्हाइट, एक्वा ग्रीन र स्याडो ब्ल्याक कलर भेरियन्टमा उपलब्ध रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप