बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभा बैठक चैत अन्तिम साता

बिहीबार, १९ चैत २०७७, १९ : १५
बिहीबार, १९ चैत २०७७

हेटौंडा । बागमती प्रदेशसभा आगामी चैत अन्तिम साता बस्ने भएको छ । बैठकको मिति तय गर्न शुक्रबार बागमती प्रदेशसभा सचिवालयमा कार्य परामर्श समितिको बैठक बोलाइएको छ ।

बैठक दिउसो १ बजे बस्ने जनाइएको छ । बिहिबार बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ र बागमती प्रदेशसभा अन्तर्गतका पाँच वटा विभिन्न समितिका सभापतिहरूको बैठकले प्रदेशसभाको बैठकलाई नियमित गर्ने तथा प्रभावकारी बनाउन आवश्यक भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

प्रदेश सभाको आगामी कार्यलाई सशक्त रुपमा अगाडी बढाउन आवश्यक बजेट र थप जनशक्ति उपलब्ध गराउन बागमती प्रदेशका मुख्यमन्त्री, अर्थमन्त्री र प्रदेशका प्रमुख सचिवसँग छिट्टा–छुट्टै छलफल गर्ने निर्णय गरेको छ । 

त्यस्तै बैठकले प्रदेश सरकारले स्थापनादेखि हालसम्म गरेका कामहरुको छलफल तथा स्थलगत अनुगमन गर्ने निर्णय गरेको छ ।

प्रदेशसभा सदस्यहरुलाई आवश्यक ऐन कानुन तर्जुमा गर्न सांसदहरुको ध्यानकेन्द्रीत गरी जवाफदेही बनाउने र सांसदहरुलाई प्रदेशसभा संचालनका बखत अन्य कामको प्रयोजनमा समय खर्च नगर्न निर्देशित गर्ने बैठकले निर्णय गरेको छ ।

प्रदेशसभाको पहिलो बैठकदेखि छैठौं बैठकसम्म ६० वटा ऐन, कानूनको तर्जुमा गरिएको र उक्त ऐन कानुनले जनहितको लागि काम गरे नगरेको बारे अनुगमनका लागि प्रदेशको १३ वटै जिल्लाहरुमा विभिन्न समितिका सभापतिहरूको नेतृत्वमा क्रमशः अनुगमन टोली खटाइने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप