काँग्रेसद्वारा किसुनजीको भिडियो सार्वजनिक : मैले अब ल्याउँछु, त्यही मेलम्चीको पानी
काठमाडौँ । नेपाली काँग्रेसले तल्कालीन पार्टी सभापति तथा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याउनेबारे बोलेको भिडियो सार्वजनिक गरेको छ । पार्टी सूचना सञ्चार तथा प्रचार विभागले २०४८ सालमा निर्वाचन हुने बेलामा प्रधानमन्त्री रहेका भट्टराईले मेलम्चीको पानी काठमाडौँ ल्याउने सम्बन्धमा बोलेको क्लिपसहित भिडियो सार्वजनिक गरेको हो ।
भिडियोमा भट्टराईले ‘मैले अब ल्याउँछु, त्यही मेलम्चीको पानी’ भन्ने क्लिप राखिएको छ । भिडियोमा अरु आवाज भने विभाग प्रमुख तथा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको छ ।
'किसुनजीले भन्दा त्यसबेला काठमाडौँबासीले पत्याएकै थिएनन् । तर, त्यो दिन आइपुग्यो,' शर्माले भिडियोमा भनेका छन् । पार्टीले यो सुखद् क्षणमा काँग्रेस नेतृत्वको सरकारले गरेको त्यो निर्णय र किसुनजीलाई स्मरण गर्ने शर्माले भनाइ छ ।
साथै आयोजना निर्माणमा आर्थिक र भौतिक सहयोग गर्ने विदेशी, उत्कृष्ट डिजाइन गर्ने सक्षम इञ्जिनियर, आयोजनाको प्रगतिमा ईट्टा थप्ने पछिल्ला सरकार र सिन्धुपाल्चोकबासी प्रति काँग्रेसले आभार प्रकट गरेको छ ।
आयोजना निर्माणका क्रममा दिवंगत भएका इञ्जिनियर र श्रमिकहरूप्रति काँग्रेसले श्रद्धाञ्जली प्रकट गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण