ट्रम्पको आवाजमाथि पनि प्रतिबन्ध, फेसबुकले हटाइदियो अन्तर्वार्ता

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो अन्तवार्तालाई फेसबुकले हटाइदिएको छ । ट्रम्पकी बुहारी लारा ट्रम्पले आफ्नो फेसबुक पेजबाट शेयर गरेको भिडियो हटाइएको हो । फक्स न्युजकी कन्ट्रिब्युटर समेत रहेकी लाराले ट्रम्पसँग अन्तर्वाता लिएर त्यसलाई आफ्नो पेजमा हालेकी थिइन् । उनले ट्रम्पसँग विभिन्न विषयवस्तुमा कुराकानी गरेकी थिइन् ।
त्यसको केही समयपछि लाराले एउटा इमेलको स्क्रिनसट आफ्नो फेसबुकमा शेयर गरिन्, फेसबुकले पठाएको उक्त इमेलमा लेखिएको थियो, ‘डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्टमाथि हामीले लगाएको प्रतिवन्धसँगै उनको आवाजमा पोस्ट गरिएका कुनै पनि थप सामाग्रीहरु हटाइनेछ ।’
ट्रम्पका छोरा इरिककी श्रीमती हुन्, लारा ट्रम्प
लामो समयदेखिका ट्रम्पका समर्थक तथा फक्स न्युजका टेलिभिजन प्रस्तोता सियन एनिट्टीले फेसबुकको यस कदमलाई ‘सेन्सरसिपको अतिवाद’ भनेका छन् । ट्वीटर र युट्युबले पनि ट्रम्पमाथि प्रतिबन्ध लगाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यमन्त्रीले बिमा कार्यक्रम अलपत्र पारेको सांसद कार्कीको आरोप
-
लिलामीका सामानहरुको समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण
-
स्वास्थ्यमन्त्रीले स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारेको आरोप
-
विदेशी दातृ निकायले दिने सहयोगको श्वेतपत्र जारी गर्न माग
-
जबरजस्ती करणी अभियोगमा पक्राउ
-
शिवरात्रिमा पशुपतिको दर्शन व्यवस्थापन चुस्त बनाउन १० उपसमिति गठन