मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

दैनिक २० केजीसम्म सुन आयातको व्यवस्था गर्न राष्ट्र बैंकको परिपत्र

बिहीबार, १९ चैत २०७७, १७ : ३२
बिहीबार, १९ चैत २०७७

काठमाडौं । अबदेखि २० केजीसम्मको सुन आयात गर्न पाइने व्यवस्था हुने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७६ लाई संशोधन गर्दै सुन आयातको कोटा बढाएको जनाएको छ । दैनिक २० केजीसम्मको सुन आयातको व्यवस्था गर्न राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई परिपत्र गरेको छ ।

कोटा कम हुँदा बजारमा सुनको अभाव भएको भन्दै व्यवसायीले राष्ट्र बैंकका गभर्नरदेखि अर्थमन्त्री, उद्योगमन्त्री लगायतलाई भेटेर आयातको कोटा बढाउन माग गर्दै आएका थिए । माग अनुसारको सुन आपूर्ति गर्न नसकेपछि व्यवसायीहरु ग्राहक आउँदा लुक्न थालेका छन् । अहिले बजारमा दैनिक २५ देखि ३० किलो सम्म सुनको माग छ । तर आयात दैनिक १० केजी हुँदै आएको छ । 

लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो । विदेशी मुद्रा सञ्चितीमा चाप परेको भन्दै गत चैत १६ गतेको मन्त्रिपरिषदको बैठकले दैनिक २० किलोबाट सुन आयातको कोटा घटाएको थियो ।  

अर्थतन्त्रमा भार परेको निष्कर्ष सहित सरकारले विलासी वस्तुको आयातमा अंकुश लगाएको थियो । ५० हजार डलर भन्दा माथिको गाडी आयात समेत सो समयमा प्रतिवन्ध लगाइयो ।  तर पछि गाडी आयातको विषय फुकुवा गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप