अर्थतन्त्र

दक्षिण एसियाको अर्थतन्त्र ‘बाउन्स ब्याक’ !

person explore access_timeचैत १९, २०७७ chat_bubble_outline0

 

दक्षिण एसियाली अर्थतन्त्रमा सुधारको लहर देखिन थालेको छ । विश्व बैंकले सन् २०२१ मा दक्षिण एसियाको आर्थिक वृद्धिदर ७.२ र २०२२ मा ४.४ प्रतिशतले हुने प्रक्षेपण गरेको छ । दक्षिण एसियाले आफ्नो विकासको ऐतिहासिक दर सन् २०२२ मा पुनः प्राप्त गर्ने देखिएको छ । यसको संकेत पछिल्लो समय खपत भइरहेको विद्युत र आर्थिक गतिविधिले गरेको हो ।

यस क्षेत्रमा अर्थतन्त्रको ठूलो हिस्सा रहेको भारतमा आर्थिक वर्ष २०२१÷२२ मा १० प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुने विश्व बैंकको अनुमान छ । यता बंगलादेशको कुल घरेलु उत्पादन (जीडीपी) २०२१ मा ३.६ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ । यस्तै आर्थिक वर्ष २०२१÷२२ मा नेपालको जीडीपी २.७ प्रतिशतले वृद्धि हुने र २०२२÷२३ सम्ममा ५.१ प्रतिशतमा पुनः प्राप्ति हुने अनुमान विश्व बैंकले गरेको छ । पाकिस्तानको आर्थिक वृद्धि २०२१ मा १.३ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ ।

विश्व बैंकको साउथ एसिया फोकस प्रतिवेदनमा आय असमानता अझै बढेको र मानव पुँजीमा पनि क्षति पुगेको उल्लेख छ । यद्यपि कोरोना भाइरसले सिर्जना गरेको परिस्थितिले उत्पन्न चुनौती भने अहिले पनि कायमै रहेको विश्व बैंकको भनाइ छ ।

दक्षिण एसियाली क्षेत्रमा धेरैले रोजगारी गुमाएका छन् । आर्थिक गतिविधिहरु पूर्ण रुपमा अझै सञ्चालनमा आउन सकेका छैनन् । सेवा क्षेत्रमा अहिले पनि अन्यौल र अवरोध कायमै छ । यसले पर्यटनमा आधारित अर्थतन्त्र भएका मुलुकको जोखिम भने कायमै रहने विश्व बैंकले जनाएको छ ।

स्थिर बजार मूल्यमा वास्तविक आर्थिक वृद्धिदर, २०१९ तथा प्रक्षेपण (प्रतिशत)

 

बाउन्स ब्याकमा रेमिट्यान्सको साथ

रेमिट्यान्स आप्रवाह दक्षिण एशियाली मुलुककै लागि निकै महत्वपूर्ण छ । माहामारीमा पनि यसको आप्रवाह अझै बढी भएको देखिन्छ । महामारीको समयमा भारतले अरूभन्दा बढी डलरमा रेमिट्यान्स प्राप्त ग¥यो ।

यता, रेमिट्यान्स रसिदको हिस्साको रूपमा नेपाल विश्वमै तेस्रो स्थानमा छ । सन् २०१९ मा जीडीपीमा रेमिट्यान्सको हिस्सा २६.९ प्रतिशत रहेको देखिन्छ ।

दक्षिण एशियामा रेमिट्यान्सको वार्षिक वृद्धिदर एक दशक यता सन् २०१९ सम्म वार्षिक ८.८ प्रतिशतको छ । दक्षिण एसियाका लागि रेमिट्यान्स महत्वपूर्ण फण्ड हो । रेमिट्यान्स पाउने परिवारकालागि मात्र नभएर देशकै लागि यो महत्वपूर्ण आर्थिक स्रोत हो ।अफगानिस्तानको सरकारी तथ्यांकले औपचारिक रुपमा रेमिट्यान्स बढेको देखाउँछ भने अन्य तथ्यांकले १० प्रतिशत घटेको देखाउँछ ।

यता बंगलादेशमा कोभिडको शुरुवाती महिनामा धेरै उडान रद्द गरिएको र लकडाउनका कारण रेमिट्यान्स प्रभावित बनेको तर २०२० जुनबाट भने रेमिट्यान्स आप्रवाहमा वृद्धि देखिन थालेको विश्व बैंकले जनाएको छ । विश्व बैंकका अनुसार सन् २०२१ फेबु्रअरीसम्ममा २१ प्रतिशतले रेमट्यिान्स आप्रवाहमा वृद्धि भयो ।

भुटानमा २०२० मा जीडीपीमा रेमिट्यान्सको हिस्सा झण्डै दोब्बरले बढ्यो तर पछि केही कमी आएको भनिएको छ । तर यो अघिल्लो वर्षभन्दा ६ प्रतिशतले कम हो ।

नेपाललाई पनि रेमिट्यान्सको वृद्धि यात्रालाई कारोनाले असर गरेन । केही समय रेमिट्यान्समा कमी देखिए पनि पछि फेरि रिकभर भयो । सन् २०२० आधातिर ६.७ प्रतिशतले रेमिट्यान्समा वृद्धि भयो ।

यता भारतमा सन् २०२० मा रेमिट्यान्स ३ प्रतिशतले बढेको अनुमान छ ।

पाकिस्तानमा भने २०२० मा रेमिट्यान्सको वृद्धिदर स्थिर भयो । २०२० को अन्त्यसम्ममा १७.४ प्रतिशतले रेमिट्यान्समा बढोत्तरी भयो । जुलाइमा भएको रेमिट्यान्सको उच्च वृद्धिलाई ‘हज’ प्रभावको रुपमा हेरियो । श्रीलंकामा पनि औपचारिक च्यानलमार्फत ५.८ प्रतिशत रेमिट्यान्स आप्रवाहमा वृद्धि भयो ।

लगानी १२.७ प्रतिशतले बढ्ने

सन् २०२१ मा लगानी र निर्यातले विभिन्न दरमा पिकअप लिनेछ । यस क्षेत्रको लगानी १२.७ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । स्वास्थ्य संकट कम हुँदै गएपछि लगानीको भावना बढेर गएको छ । विभिन्न देशहरुले लिएको खोप नीतिले स्वास्थ्य समस्या तुलनात्मक रुपमा कम तर रिकभरकै चरणमा रहेको भनिएको छ ।

भारतले दक्षिण एशियामा ठुलो लगानी गर्न सक्ने आंकलन गरिएको छ । त्यसको केही हिस्सा नेपालले पाउने सम्भावना छ । माल्दिभ्समा पर्यटन र यातायात बन्द भएपछि लगानी प्रभावित बनेको थियो ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।