बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई प्रभु क्यापिटलको शेयर बजार सम्बन्धी तालिम

बिहीबार, १९ चैत २०७७, १५ : ०५
बिहीबार, १९ चैत २०७७

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्टमा एमबीए तथा एमबीएममा अध्ययनरत विद्यार्थीहरुको लागि सेयरबजार सम्बन्धी ३ दिने प्राविधिक विश्लेषण वर्कसप तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रम २०७७ चैत्र १७ गते शुरु भएको कार्यक्रम चैत्र १९ गते सम्म ३ दिन चलेको थियो । सो वर्कसप तथा तालिम कार्यक्रममा त्रिभुवन विश्वविद्यालय सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्ट अन्तर्गत एमबीए तथा एमबीएममा अध्ययनरत करिब ६० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । 

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत शेयर सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले विभिन्न संस्थाहरूसँगको सहकार्यमा सेयरबजार सँग सम्बन्धित वर्कसप तथा तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप