सांसदहरु नै मन्त्रालय धाइरहनुपर्ने अवस्थाको अन्त्य गरिन्छः सञ्चारमन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले दुरसञ्चार सेवा सम्बन्धमा परेका गुनासाहरूको अन्त्य गरिने बताएका छन् । बिहीबार मन्त्रालयले आयोजना गरेको दुरसञ्चार सेवाको पहँुच, प्रवाह तथा गुणस्तर सम्बन्धी अन्तरक्रियामा बोल्दै मन्त्री गुरुङले दुरसञ्चार सेवा सम्बन्धी समस्याहरूको समाधान गर्दै गुनासाहरूको अन्त्य गरिने बताएका हुन् । आफ्नो क्षेत्रमा टावर नपुगेको, इन्टरनेट सेवा नपुगेको लगायतका समस्याहरु बोकेर सांसदहरु नै मन्त्रालय धाइरहनुपर्ने अवस्था रहेको भन्दै मन्त्री गुरुङले त्यस्ता समस्याहरु सँधैका लागि अन्त्य गरिने बताए । गुनासो समाधानका लागि दुरसञ्चार सम्बन्धी सबै सरोकारवाला एकैठाउँमा बसेर समिक्षा गर्नुपर्ने पनि मन्त्री गुरुङले बताए ।
उनले भने– ‘जनताबाट प्रत्यक्ष निर्वाचित माननीयज्यूहरुको नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, सञ्चार मन्त्रालय, सेवा प्रदायकहरू र प्राविधिकहरू सबैले संयुक्त बसेर समीक्षा गरौँ । सेवा त पुगेको छ । हामीले काम त गरेका छौँ । हाम्रा बजेटहरु पनि कार्यान्वयन भएको छ । तर त्यो कामले जनताको बीचमा, प्रत्यक्ष सेवा प्रदायकका बीचमा त्यो सेवा पुगेको हो कि होइन, सेवा गुणस्तर छ कि छैन यसको प्रत्यक्ष सार्वजनिक रुपमा समीक्षा गरेर सार्वजनिक सुनुवाई पनि गरौँ । माननीयज्यूहरुले बेला बेलामा यो गाउँमा टावर पुगेन, यहाँ हाम्रो इन्टरनेट सेवा पुगेन र हामीलाई दुरसञ्चार सेवाको गुणस्तर भएन भन्ने माननीयज्यूहरुको गुनासो पनि रहिरहने । यो गुनासो निरन्तर भइराख्ने, माननियज्यूहरु जहिले पनि गुनासो बोकेर मन्त्रालयमा धाइरहनुपर्ने यस्तो परिस्थितिको अन्त्य पनि गरौँ ।’
मन्त्री गुरुङले टावर निर्माणको लागि ठेक्का भएर पनि काम हुन नसकेको ठाउँको समीक्षा गर्ने बताए । टावर बनाउनुपर्ने आवश्यकता रहेको ठाउँमा टावर स्थापनाको लागि योजना बनाउने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्ष विस्थापितको समस्या समाधान गर्न सरकारसँग साउदको माग
-
अतिरिक्त शुल्कको मार : डिजिटल भुक्तानी निःशुल्क गर्न सांसदको ध्यानाकर्षण
-
घरेलु मैदानमा सान्त्वना जितको खोजीमा रहेको नेपालले थाइल्यान्डलाई दियो ८२ रनको लक्ष्य
-
सरकारले प्रतिशोधको मूल्य चुकाउनेछ : अर्याल
-
‘रोशीमा लेदो बग्छ, क्रसरमा रोक लगाउनुपर्छ’
-
चलचित्र विकास बोर्ड मधेसमा पटकथा लेखन सिकाउने